हेटौंडा । मकवानपुरमा मंगलबार आएको हावाहुरीले ढालेको रुखले लाग्दा एक युवकको मृत्यु भएको छ। मनहरी गाउँपालिका २ ट्याङ्की दमार बस्ने २२ वर्षीय राम बहादुर गोलेको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरको अनुसार, मंगलबार बिहान ११:३० बजेको समयमा घरबाट ८०० मिटर पुर्व तर्फ आफ्नै बारीमा घाँस काटी रहेको अवस्थामा अचानक आएको हावाहुरी तथा पानीको कारणले साजको रुख अचानक भाँचिएर किच्दा उनको घटनास्थलमै मृत्यु भएको थियो ।
कानुनी प्रकृया पश्चात गोलेलाई पोस्टमार्टको लागि हेटौंडा अस्पताल ल्याइएको जानकारी दिइएको छ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts