हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आबधिक योजनालाई केन्द्रमा राखेर आर्थिक बर्ष २०८१/८२ को बजेट ल्याईने बताउनुभएको छ । बागमती प्रदेशको दोस्रो आबधिक योजना तर्जुमा सम्बन्धी अन्तरक्रिया तथा प्रदेश विकास परिषदको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सरकारले बहुवर्षिय आयोजनाहरुमा लगानी गर्ने बताउदै भन्नुभयो “ हाम्रो समस्या भनेको वर्षैचिच्छे योजना फेर्नु हो, योजना कार्यान्वयन गरेर प्रतिफल ल्याउनको लागि यसलाई फेर्नु हुँदैन ।” प्रदेश सरकारले एउदै योजनामा ५ बर्ष काम गर्ने जानकारी दिनुभयो । महिलालाई उद्यमसंग जोड्दै उद्यमविकास गर्ने सरकारको लक्ष्य बमोजिम ३५ वटा पालिकामा गृहिणी महिला उद्यमशिलता कार्यक्रम लागु गरिएको उहाँले जनाउनुभयो । त्यसैगरी १० वटा पालिकामा दलित लक्षित कार्यक्रम र ६ वटा पालिकामा चेपाङ चिउरी कार्यक्रम लागु गरिएको उहाँको भनाई छ ।
स्थानिय सरकारलाई प्राविधिक शिक्षा लागु गराउनको लागि नीति बनिसकेकोले त्यसतर्फ ध्यान दिन उहाँले सुझाउनुभयो । मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सरकारले १५ हजार युवालाई सिप सिकाएर आगामी वर्षलाई सीसि वर्ष घोषणा गर्ने तयारी गरिरहेको जनाउनुभयो ।
बागमती प्रदेशको आबधिक योजना पारित
बागमती प्रदेश सरकारले दास्रो आबधिक योजनाको मस्यौदा पारित गरेको छ । आज बसेको प्रदेश विकास परिषद्को बैठकले प्रदेश आबधिक योजना २०८१/८१—२०८५/८६ लाई पारित गरेको हो ।
मुख्यमन्त्री जम्कट्टेलको अध्यक्षतामा बसेको बैठकमा प्रदेशका मन्त्रीहरु, नीति तथा योजना आयोगका उपाध्यक्ष, संसदिय दलका नेताहरु, सांसदहरु, प्रदेश विकास परिषद्को सदस्यहरुको सहभागिता रहेको थियो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts