अर्थमन्त्रीले बजेट कार्यान्वयनको पक्षलाई बलियो बनाउनुपर्छ : रास्वपा सांसद चौधरी

हिमालय टाइम्स कालिकोट, संवाददाता

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अशोककुमार चौधरीले बजेट कार्यान्वयनको पक्षलाई बलियो बनाउन अर्थमन्त्री वर्षमान पुनलाई सुझाव दिनुभएको छ ।

सोमवार प्रतिनिधि सभा बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उहाँले सो कुरा बताउनुभएको हो । सांसद चौधरीले आर्थिक अनुशासनमा रहेर सरकारले आगमी आर्थिक वर्षको बजेट परिचालन गर्न विशेष ध्यान दिनुपर्ने बताउनु भयो ।

उहाँले कृषिमा अग्रिम करण लगाउने खालको प्रावधान पनि बजेटमा आएको उल्लेख गर्दै त्यसलाई तत्काल हटाउन पनि अर्थमन्त्री पुनको ध्यानाकर्षण गराउनु भयो । सांसद चौधरीले बजेटमा कृषिमा लगानी दशक घोषणा गरिएको उल्लेख गर्दै त्यसका लागि ठोस कार्ययोजना बनाउन पनि सरकारलाई सचेत गराउनु भयो । उहाँले बजेटमा सिंचाईको क्षेत्रलाई प्राथमिकता दिएको भन्दै सरकारप्रति आभार पनि व्यक्त गर्नुभयो ।

ADVERTISEMENT

सांसद चौधरीले भन्नुभयो, ‘माननीय अर्थमन्त्रीज्युलाई बजेटलाई आर्थिक अनुशासनमा रहेर कार्यान्वयन पक्ष बलियो बनाउन आग्रह गर्न चाहन्छु । हरेक वर्ष कृषि क्षेत्रले बजेटमा प्राथमिकता पाएपनि कृषिको व्यवसायिकरण र आधुनिकीकरण अझै हुन सकेको छैन । यस वर्षको बजेटले अघिल्लो वर्षको भन्दा एक अर्व ६९ करोड कम बजेट विनियोजन गरेको देखिन्छ । कृषि जस्तो महत्वपूर्ण क्षेत्रमा बजेट अभाव एवं कम प्राथमिकतामा पर्नु हुँदैन्थ्यो । यद्यपि सिंचाईमा यो वर्षको बजेटले विशेष प्राथमिकता दिएको देखिन्छ । हरेक वर्षको बजेटमा विशेष नारा दिने तर उपादेयता केही पनि नरहने परिपाटी रहेका देखिन्छ । बजेटले यस वर्ष कृषिमा लगानी दशक घोषणा गरेको छ । यसलाई सकारात्मक रुपमा लिन सकिने भएतापनि यसको निरन्तरता एवं ठोस कार्य योजनामा ध्यान दिन आवश्यक देखिन्छ । बजेटले निर्धारण गरेको करको सन्बन्धमा कृषिमा अग्रिम आयकरको व्यवस्था बजेटमा गरिएको छ । यसले कृषि उद्योगीहरु मारमा पर्ने हुँदा स्वदेशी उत्पादनमा यसको तत्काल असर पर्ने देखिने हुँदा यसमा विचार गरिदिनु हुन पनि अर्थमन्त्रीज्यूलाई ध्यानाकर्षण गराउन चाहन्छु ।’

सांसद चौधरीले कृषि क्षेत्रको उत्पादन बढाउन सरकारले त्यसको व्यवसायिकीकरण र आधुनिकीकरणमा जोड दिनुपर्ने आवश्यकता पनि औंल्याउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज