कालीकोट । कालीकोटमा पत्रकारिता गर्दै आइरहेका मिडियाकर्मीहरुसँगको एकदिने यौन तथा प्रजनन् स्वास्थ्य र अधिकार सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
प्लान इन्टरनेश्नल नेपालको आर्थिक सहयोग, मानवअधिकार तथा वातावरण बिकास केन्द्र (हुरेन्डेक) नेपालद्धारा सञ्चालित सशक्त बालिका परियाजनाअन्तर्गत जिल्लास्थित विभिन्न मिडियामा कार्यरत पत्रकारहरुलाई यौन प्रजननका बिषयमा थप कलम चलाउनका लागी सहज र समुदायमा यौन प्रजनन् स्वास्थ्य प्रति खुल्न नचाहानेहरुका लागी मिडियामार्फत सहयोग पु¥याउने हेतुले अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
मानवअधिकार तथा बातावरण विकास केन्द्र (हुरेन्डेक) नेपाल कालीकोटका अध्यक्ष जजराज शाहीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा प्लान इन्टरनेश्नल नेपाल सुर्खेतका कार्यक्रम विशेषज्ञ विनय ज्ञलीले कार्यक्रमको बारेमा प्रष्ट पार्दै कुनै पनि व्यक्तिमाथि उल्लेखित सवालबारे पूर्ण एवं सही जानकारी र समस्याको उचित निदान पाएर सम्मानपूर्ण जीवनयापन गर्ने वातावरण भए प्रजनन स्वास्थ्य र अधिकार सुनिश्चित भएको मानिने बताउनुभयो ।
प्रजनन अधिकारले कानुनी मान्यता पाएर पनि समाजमा आजसम्म स्वीकृत हुन नसकेकाले असुरक्षित गर्भपतन आमाहरूको मृत्युको एक प्रमुख कारण बन्दै आएको बताउँदै उहाँले संविधानले ‘महिलाविरुद्व धार्मिक, सामाजिक, सांस्कृतिक, परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गर्न नमिल्ने व्यवस्था गरिएको जानकारी गराउनुभयो ।
यस्तै कार्यक्रमको सहजिकरण गर्दै प्लान इन्टरनेश्नल नेपालका यौन तथा प्रजनन् स्वास्थ्य कार्यक्रमका प्राविधिक निरन्जन खड्काले महिला प्रजनन् स्वास्थ्यमा सुधार ल्याउन पुरुष तथा युवकको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो । मातृ मृत्युदर कम गर्न र शिशुको जीवन बचाउन यस सन्दर्भलाई महिलाको सरोकारका रूपमा मात्र नहेरी पुरुषले आफ्नो जिम्मेवारीका रूपमा लिनु आवश्यक रहेको प्रष्ट्याउनुभयो ।
प्रजनन स्वास्थ्य अधिकारले सुरक्षित मातृत्वसम्बन्धी हकका साथै प्रजनन स्वास्थ्य, यौन तथा प्रजनन शिक्षा, परिवार नियोजन÷गर्भनिरोधको साधनको जानकारी र पहुँच र प्रौढ महिलाका समस्या निर्मूल पार्नेलगायत विषय समेट्ने गरेको जानकारी दिनुभयो ।
अभिमुखिकरण कार्यक्रमका अतिथि तथा हुरेन्डेक नेपाल कालीकोटका ब्यवस्थापक दिलीपकुमार शाहीले अध्ययन अनुसार नियमित यौन सम्पर्कले स्तन र प्रोस्टेट क्यान्सरको जोखिमलाई कम गरिनुका साथै, मुटु बलियो हुने र तनावको खतरालाई पनि कम गर्ने धारण राख्नुभयो ।
यौन मानवीय र जिवित प्राणीको नैसंर्गीक आवश्यकता नै भएकाले मानिसलाई खानपानको जरुरी भएजस्तै सेक्सको पनि उत्तिकै मात्रामा आवश्यकता पर्ने गरेको बताउनुभयो । तर सेक्सका पनि चरण र प्रक्रियाहरु हुन्छन् । विबाहिताले गर्ने सेक्स र अविवाहिताले गर्ने सेक्समा जोखिम र चुनौताहरु उत्तिकै मात्रामा अघि पछि हुने गरेको उहाँको भनाई थियो ।
मिडियाकर्मीले खुलेरै गरे प्रश्न ?
करीब चारघण्टा लामो अन्तरक्रिया कार्यक्रममा जिल्लास्थित सञ्चारमाध्यममा आबद्ध पत्रकारहरुले यौन प्रजनन् स्वास्थ्य प्रति खुलेरै प्रश्न गरेका थिएँ । धेरैजसो पत्रकारहरुले अधिकांश दम्पतीहरुले यौनका सम्बन्धमा त्यती जानकार नहुने गरेको र कहिले यौन सम्पर्क राख्ने र कहिले नराख्ने ? यस्ता कुरामा बेखबर रहेर यौन सम्पर्क गर्दा त्यसबाट जुन आनन्द पाउनुपर्ने हो, त्यो नपाइने । साथै त्यसको असर स्वास्थ्यमा पर्ने नपर्ने लगायतका आफना जिज्ञासाहरु राखेका थिए ।
हरेक पटक सुरक्षित यौनव्यवहार अपनाउनु पर्छ । महिलालाई विभिन्न प्रकारका यौन सम्बन्धहरू राख्नुपर्ने अवस्था आइपर्न सक्छन् । कुनै–कुनै महिलाले बलात्कार तथा यौनजन्य समस्या खेप्नुपर्छ ।
बिवाहित महिलामध्ये धेरै महिलाका श्रीमानले अन्य महिलाहरू वा देहव्यापारमा संलग्न महिलाहरूसँग यौनसम्पर्क राखेका हुन सक्छन् । कतिपय महिलाहरू बाध्यताबश वा इच्छाले देहव्यापारमा संलग्न हुन्छन् । यसरी महिलाहरुलाई विभिन्न तरिकाले यौनजन्य क्रियाकलापमा संलग्न हुन बाध्य पारिन्छ र त्यसैकारण यौन रोग लाग्न सक्छ ।
धेरै महिलाहरू एक जनासँग मात्र यौन सम्पर्क राख्दा यौनरोग लाग्न सक्दैन भन्ने सोचाइ राख्छन् । महिलाले यस्तो सोचाई राख्नु हुँदैन किन भने ः कुनै महिलाको एक जना मात्र यौनजोडी भएको तर उसलाई यौन रोग लागेको थियो भने ती महिलालाई अञ्जानमा यौन रोग सरेको हुन सक्छ । आफ्नै श्रीमानको पनि अरूसँग सम्र्पक छैन् भन्ने कुनै ग्यारेन्टी गर्न सकिदैन । त्यसैले आफ्नै श्रीमानबाट पनि महिलालाई यौन रोग सर्न सक्छ ।
असुरक्षित यौन सम्पर्क भएमा के गर्ने ?
असुरक्षित यौनसम्पर्क भएमा दुईवटा सम्भावनाहरू हुन सक्छन्
१. गर्भ रहन सक्छ ।
२. एच.आई.भी.एडस् वा यौनजन्य रोग लाग्ने सम्भावना हुन्छ । असुरक्षित यौन सम्पर्क हुँदा कन्डम फुटेमा यौन रोग सर्न सक्छ । बलात्कार भएमा वा यौनजोडीलाई कन्डम प्रयोग गराउन नसकेर यौन सम्पर्क राख्न बाध्य भएमा ।
यस्तो बेला ध्यान दिनुपर्ने कुराहरु
- कन्डमको प्रयोग गर्न सक्ने अवस्था छैन तर यौन सन्तुष्टि लिनुपर्ने छ भने चुम्मा खाने, म्वाई खाने, आलिङ्गन गर्ने जस्ता उपायहरु अपनाउनु पर्छ ।
- वीर्य वा योनीरस पैदा नभई वा स्खलित नगरी यौन सम्पर्क गर्नुपर्छ ।
- यौन सम्पर्क सकिएपछि योनीको भित्रसम्म शुक्रकीटनाशक फिँज चक्की राख्नुपर्छ । यसो गरेमा गोनोरिया र क्लामिडियाका सूक्ष्म जीवहरु केही मात्रामा मर्न सक्छन् । साथै वीर्यको शुक्रकिट पनि झर्न सक्छ ।
- असुरक्षित यौन सम्पर्क भएको ७२ घण्टाभित्रमा सकेसम्म चाडै आकस्मिक परिवार नियोजन सेवा लिनुपर्छ । यसले अनुच्छुक गर्भधारण रोक्छ ।
आफ्नो श्रीमान् तथा यौनजोडीलाई सुरक्षित यौनकार्यको अभ्यासका लागि राजी गराउदा पर्न सक्ने समस्याहरू तथा त्यसका समाधानका केही उदाहरणहरू
आफैभित्र रहेको संकोचः सबैभन्दा पहिलो समस्या त घेरै जसो महिलाहरूमा हुने संकोच नै हो । महिलाहरू आफ्नो यौन जोडीसँग सुरक्षित यौनकार्यको आवश्यकताका बारेमा खुलेर कुराकानी गर्न अप्ठ्यारो मान्छन् ।
आफुलाई ज्ञान हुँदाहुँदै र कुरा गर्ने मन हुँदाहुदै पनि लाज र संकोचको कारण दोहोरो कुराकानी नभएर सुरक्षित यौन कार्यको अभ्यास हुन पाउँदैन । हाम्रो संस्कारमा महिलाहरुले यौन कार्यका बारेमा चर्चा नगर्ने अर्को कारण ‘उत्ताउली’ भन्लान् भन्ने डर हो । यौनकाबारेमा केही कुरा गर्दा आफ्नो पति वा यौन साथीले आपूmलाई केही नराम्रो सोच्ला कि भन्ने विचारले पनि महिलाहरू संकोच मान्न सक्छन् ।
समाधानका उपाय
यौन समस्याको विषय आफ्नो स्वास्थ्य, जीवन र भावी सन्तानकोसमेत जीवनसँग गासिएको विषय भएकाले लाज र संकोच मान्नु हुँदैन । आफ्नो मन मिल्ने दिदी–बहिनीहरुसँग कुरा गर्र्दै लाज संकोच हटाउने अभ्यास गर्नुपर्छ ।
- पुरुषहरूमा सुरक्षित यौन सम्बन्धको महत्वका बारेमा ज्ञानको कमीः यदि यौन कार्यमा संलग्न भएको पुरुषलाई सुरक्षित यौन सम्बन्धको महत्व बारे ज्ञान नभएमा वा उसलाई सुरक्षित यौन सम्बन्धका कारण हुने स्वास्थ्य समस्याबाट कस्तो दीर्घकालीन असर पर्छ भन्ने कुरा थाहा भएन भने सुरक्षित यौन सम्बन्धको अभ्यासका लागि उसलाई राजी गराउन गाह्रो पर्न सक्छ । साथै सुरक्षित यौन सम्पर्कका विधिहरू प्रयोग गरी यौन रोगहरूबाट बँच्न सकिन्छ भन्ने ज्ञान नहनु पनि सक्छ । यसकारण सुरक्षित यौन सम्बन्ध राख्ने चाहना हटाउन सक्छ ।
- आफ्नो श्रीमान् वा यौनजोडीलाई यौन संक्रमण फैलिने माध्यम र रोकथामका उपायहरुका बारेमा बताउनुपर्छ । यस्तै अनिच्छत गर्भ रहने भएकाले यसबाट परिवारमा पर्ने नकारात्मक असरका बारेमा पनि उनीहरुलाई सम्झाउनु पर्छ । साथै उनीहरूलाई स्वास्थ्य कार्यकर्ताहरूसँग भेटघाट गरी आवश्यक जानकारी लिन प्रोत्साहित गर्नुपर्छ । सुरक्षित यौन सम्बन्धबाट हुने जोखिमबारे राम्ररी थाहा पाएपछि उनीहरू बढी सहयोगी हुन सक्छन् ।








देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता