काठमाडौं । यसअघि आगामी असोज ११ गतेलाई प्रदर्शन मिति तय गरेको चलचित्र ‘ह्रस्व दीर्घ’को प्रदर्शन मिति हेरफेर भएको छ । निर्माण टिमले चलचित्रलाई एकहप्ता पहिले नै सिनेमाघरमा ल्याउने गरी संविधान दिवसको अवसरमा असोज ३ लाई नयाँ मिति तोकेको हो ।
निर्मात्री निता ढुंगानाले वितरण कम्पनी र निर्माण टिमको सल्लाहमा चलचित्रको रिलिज हेरफेर गरिएको बताउनुभयो । चलचित्रको यतिबेला धमाधम डबिङको काम चलिरहेको छ । अभिनेत्री विपना थापा यही चलचित्रको डबिङको लागि यतिबेला नेपालमा हुनुहुन्छ ।
चन्द्र पन्तको निर्देशन रहेको चलचित्र ‘ह्रस्व दीर्घ’मा निर्मात्री रहनुभएकी अभिनेत्री नितासँगै, अभिनेता हरिहर अधिकारी, चर्चित दक्षिण भारतीय कलाकार ब्रहृमानन्दम, अनि वलिउड कलाकार प्रदीप रावतसँगै विपना थापा, गरिमा शर्मा, प्रशान्त ताम्राकार, सरोज खनाललगायत नाम चलेका दर्जन बढी कलाकारको अभिनय छ ।
सोसियल ड्रामासहितको प्रेमकथामा आधारित यो चलचित्रलाई भारतको रामोजी स्टुडियोदेखि मुम्बई, चितवन र काठमाडौंमा छायांकन गरिएको छ । अभिनेता हरिरहर अधिकारीको कथा रहेको चलचित्रमा वलिउडका स्थापित सिनेमाटोग्राफर कविरलालको छायांकन छ ।
चलचित्रमा मित्र डि गुरुङको सम्पादन छ । कास्टिङ निर्देशक धनञ्जय घलानी रहेको चलचित्रमा कोरियोग्राफी रामजी लामिछाने र वलिउड कोरियोग्राफर शुष्मा सुमनको छ । निता फिल्मस्को ब्यानरमा चलचित्र तयार भएको हो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता