भोजपुर । वडामा निर्माण हुने योजनाहरुका लागि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई वडावासीको तर्फबाट बजेट माग गरिएको छ ।
भोजपुर नगरपालिका वडा नम्वर ८ को आगामी आर्थिक बर्ष २०८१/०८२ को बस्ती तथा टोलबाट प्राथमिकीकरण गरिएको योजना तथा कार्यक्रमहरु वडा परिषदबाट पारित भई प्रदेश सरकारलाई माग गर्ने योजनाहरु मुख्यमन्त्री कार्कीलाई आइतवार हस्तान्तरण गरिएको वडाध्यक्ष नवीन प्रधानले बताउनुभयो । यस्तै वडाका तर्फबाट राज्यमन्त्री सृजना राईलाई पनि वडाध्यक्ष प्रधान र वडाबासी शम्भु खड्कासहितले भेटेर योजनाहरुको मागपत्र बुझाउनु भएको छ ।
वडाले प्रदेश सरकारसँग गढीडाँडा देखि चक्रपथ जोडने सडक निर्माणका लागि पाँच करोड, बहुउद्धेश्य कृषि सडक स्तरोन्नतीका लागि दुई करोड, बहुउद्धेश्य कृषि सडकदेखि मोहरिया जोड्ने सडक स्तरोन्नतिका लागि दुई करोड, चक्रपथदेखि घट्टेखोला सडक निर्माणमा पाँच करोड, बहुृउद्धेश्य भवन निर्माणमा एक करोड, मुख्य राजमार्गबाट प्रजातन्त्र प्रावि हुँदै चौतारा जोड्ने सडक दुई करोड, निर्माणाधिन अस्पतालदेखि दुम्सिका जोड्ने चक्रपथ निर्माण १० करोड, बारुथानदेखि वडा कार्यालय जोड्ने सडक २ करोड र कालीखोला सिंचाई आयोजनाका लागि एक करोड बरावरको योजना माग गरेको वडाध्यक्ष प्रधानले जानकारी दिनुभयो ।






