भोजपुर जिल्ला प्रशासन कार्यालय भोजपुरमा प्रहरीका लागि ब्यारेक निर्माण गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयको सुरक्षामा रहने प्रहरीहरुको सुबिधाका लागि प्रहरी ब्यारेक निर्माण गरिएको हो । तीन कोठाको आवास सहितको ब्यारेकको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाले आइतवार उदघाटन गर्नु भएको छ ।
कार्यालय सुरक्षामा रहने प्रहरीका लागि ब्यारेक निर्माण भएपछि आवासका लागि समेत सहजता भएको प्रमुख जिल्ला अधिकारी सापकोटाले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी सापकोटाले भन्नुभयो, “प्रहरीका लागि छुटै ब्यारेक नहुदाँ बसोवासमा समस्या हुदै आई रहेको अवस्थामा ब्यारेक निर्माणले सहजता थपिएको छ ।”
जिल्ला प्रशासन कार्यालय भोजपुर र सघन शहरी बिकास आयोजना तथा भवन निर्माण धनकुटाको लागतमा ब्यारेक निर्माण भएको छ । भ्याट सहित २० लाखको लागतमा प्रहरी ब्यारेकको निर्माण कार्य भएको जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts