झापा । सवारी दुर्घटनामा परी झापामा एकजनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन्। मृत्यु हुनेमा भद्रपुर नगरपालिका १० को ५२ वर्षीय नेत्रप्रसाद परियार हुन् ।
हल्दीबारी गाउँपालिका ४ का ३१ वर्षीय सन्तोष मेचे र सोही ठाउँका समान उमेरका सुरज मेचे घाइते भएका छन् । सन्तोषको टाउकोमा चोट लागेको छ । सुरजको दाहिने हात र खुट्टामा चोट लागेको छ । विएण्डसी अस्पताल बिर्तामोडमा उपचाररत उनीहरूको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । व्यवसायी नेत्रको सोही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
मे। प्र।१–०१–०१४ प। ८७८२ नम्बर र मे.११ प.२०२८ नम्बरको मोटरसाइकल आपसमा ठोकिएका थिए । मोटरसाइकल ठोकिएपछि सडकमा लड्नु भएको परियारलाई मे १ ख.३२५१ नम्बरको बसले किचेको थियो ।
बिर्तामोडमा टेलरिङ व्यवसाय गर्दै आएका नेत्र प्र. १–०१–०१४प.८७८२ नम्बरको मोटरसाइकल चालक भएको प्रहरीले जनाएको छ । नेत्र चारआली हुँदै घर फर्कँदै थिए । मेचेद्वय बिर्तामोड जाँदै गरेको प्रहरीले जनाएको छ ।
दुर्घटना पूर्वपश्चिम राजमार्गको चारआली-कालीझोडा सडकखण्डमा भएको हो । तीनवटै सवारी प्रहरी चौकी चारआलीको नियन्त्रणमा छन् । नाम खुल्न नसकेका बस चालक फरार रहेको प्रहरीले जनाएको छ ।






