गर्मीका कारण दाङको राप्ती गाउँपालिकाका विद्यालय थप दुई दिन वन्द

विवेक खड्का दाङ, संवाददाता
विवेक खड्का दाङ, संवाददाता
Read Time = 2 mins

दाङ । अत्यधिक गर्मीका कारण दाङको राप्ती गाउँपालिकाले विद्यालयमा जेठ २० र २१ गते दुई दिन गर्मी विदा थप गरेको छ । गर्मी बढेपछि पहिलोपटक २ दिन गर्मी विदा गरेको गाउँपालिकाले पुनः २ दिन गर्मी बिदा थप गरेको हो ।

अत्यधिक गर्मीले विद्यार्थीहरु बढी प्रभावित भएको भन्दै गाउँपालिकाले जेठ १७ र १८ दुई दिन विद्यालयहरू बन्द गर्ने निर्णय गरेको थियो भने पुनः २० र २१ गते विदा थप गरिएको राप्ती गाउँपालिका शिक्षा शाखा प्रमुख विश्वास विकले जानकारी दिनुभयो ।

दाङ जिल्लामा केही दिनयता अधिकतम तापक्रम ४० डिग्री भन्दा माथि पुगेको छ । थप विदा पछि पनि माैसममा सुधार नभए पुनः विदा थप गर्न सकिने पालिकाले जनाएको छ।

ADVERTISEMENT

गर्मीका कारण विद्यालयमा विद्यार्थीहरूकाे स्वस्थ्यमा समस्या देखिन थालेपछि राप्ती गाउँपालिकासहित दाङ देउखुरीका सबै स्थानीय तहले विद्यालयमा विदा दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज