भोजपुर । भोजपुर सदरमुकाममा एक दिने स्वास्थ्य शिविरको आयोजना गरिएको छ । शनिवार भोजपुर नगरपालिका वडा नम्वर ७ मा संचालनमा रहेको समता आधारभूत विद्यालयमा शिविर आयोजना हुन लागेको आयोजक फरवार्ड माइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिडेट भोजपुरले जनाएको छ ।
युनिभर्सल यूथ ग्रुप उर्लावारी मोरङको प्राबिधिक सहयोगमा बिशेषज्ञ डाक्टरहरुबाट स्वास्थ्य जाँच शिविर संचालन हुन लागेको ग्रुपका हेल्थ कोअर्डिनेटर पवन न्यौपानेले बताउनुभयो । पाइल्स, फिस्टुला, हाइड्रोसिल, शरिरमा निस्किएको गाठागुठी आदिको निःशुल्क चेकजाँच गरिने आयोजकले जानकारी दिएको छ । रोग पहिचान गरी उपचार गर्नुपरेमा ५० प्रतिशत छुटमा विना अपरेशन उपचार गर्न सकिने आयोजक संस्थाले जनाएको छ ।
शिविर बिहान आठ बजेदेखि शुरु हुने आयोजकले बताएको छ । शिविरमा महिलारोग बिशेषज्ञ, बरिष्ठ फिजिसियन र जेनेरल सर्जनबाट स्वास्थ्य सेवा प्रदान गरिने छ ।






