नवलपरासी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले प्रदेश सरकारले आगामी आर्थिक वर्षको निति तथा कार्यक्रम र बजेटमा कृषिलाई पहिलो प्राथमिकता दिने बताउनु भएको छ ।
पश्चिम नवलपरासीको सुनवल स्थीत होटल रिर्वनमा अखिल नेपाल किसान महासंघ (क्रान्तीकारी केन्द्र) को लुम्बिनी प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री महराले कृषिलाई पहिलो प्राथमिकता दिएर निति तथा कार्यक्रम तयार भईरहेको बताउनुभयो । कृषिलाई प्राथमिकता दिदै सिचाँई सुविधाको विस्तार सहित कृषिउपजको बजारीकरण गर्न सरकारले प्राथमिकता दिएर बजेट विनियोजन गर्ने पनि महराले बताउनुभयो ।
परम्परागत कृषि प्रवृत्तिलाई परिर्वतन गर्दे आधुनिक प्रविधि सहितको कृषि र कृषिलाई व्यवसायीकरण गरि रोजगारी सृजना गर्ने योजना रहेको मुख्यमन्त्री महराले जानकारी दिनुभयो । महासंघका प्रदेश अध्यक्ष रामकिसन केवटको अध्यक्षतामा भएको कार्यक्रममा किसान महासंघका केन्द्रिय अध्यक्ष चित्र बहादुर श्रेष्ठ, नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुर्दशन बराल लगायतले सम्बोधन गर्नुभएको मोहन कार्कीले जानकारी दिनुभयो ।
भेला किसान हितका विभिन्न बुँदा सहितको घोषणापत्र जारी गर्दे सकिएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts