नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले अतिक्रमित घर टहरा हटाएकोमा नेकपा एमाले बर्दघाट नगरकमिटीले आपत्ति जनाएको छ । एमाले नगर कमिटिले आज एक विज्ञप्ति जारी गर्दै ब्यवसायिलाई रोजगारी बन्द गराउने उद्देश्यले टहरा भत्काईएकोमा गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।
नेपका एमाले बर्दघाट नगर कमिटी अध्यक्ष केशव खत्रीद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ "पारिवारिक संलग्नतामा गरिएको साना ब्यवसाय गरिरहेका जनतालाई विकल्पसहित अगाडि बढाउनु पर्नेमा हठाथ गरिएको कार्य घोर निन्दनीय छ"।
विज्ञप्तिमार्फत एमालेले ब्यवसायिको बैकल्पिक ब्यवस्था गर्न र क्षतिपूर्ति दिनसमेत नगरसंग माग गरिएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts