किसानलाई अनुदानमा कृषि उपकरण

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

-हाेमनाथ सापकाेटा

चितवन । चितवनको कालिका नगरपालिकाले पशुपालक किसानलाई ८० प्रतिशत अनुदानमा आधुनिक कृषि उपकरण वितरण गरेको छ ।

दुध उत्पादन बढाउन र लागत मूल्य कम गर्न नगरपालिकाले पशुसेवा शाखा मार्फत पशुपालक किसानलाई चापाकटर, दाना बनाउने मेसिन, ठेलागाडा र गर्भवती तथा सुत्केरी बंगुरलाई फिड सप्लिमेन्ट वितरण गरेको हो ।

ADVERTISEMENT

नगरपालिकाको आर्थिक वर्ष २०८०/०८१ को रु ८ लाखको बजेट मार्फत ७ जना पशुपालक किसानलाई चापाकटर, ८ जनालाई दाना बनाउने मेसिन, २० जनालाई ठेलागाडा र गर्भवती तथा सुत्केरी बंगुर भएका २९ जना किसानलाई निःशुल्क (शत प्रतिशत अनुदान) मा फिड सप्लिमेन्ट वितरण गरिएको मेयर विनोद रेग्मीले जानकारी दिनुभयो ।

मेयर रेग्मी, उपमेयर बिमला तामाङ, प्रमुख प्रशासकीय अधिकृत चुडामणि शर्मा गौतम, आर्थिक विकास समितिका संयोजक दीपक सिंह परियार, वडा अध्यक्षलगायतले संयुक्त रुपमा कृषि उपकरण हस्तान्तरण गरेका थिए । सो अवसरमा मेयर रेग्मीले कृषि र पशुपालनमा किसानलाई आत्मनिर्भर बनाउन कृषि उपकरण प्रदान गरिएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज