काठमाडौं । पुनः सिनेमाघरमा आउन लागेको चलचित्र ‘आचार्य’को ट्रेलर सार्वजनिक गरिएको छ । भजन शिरोमणि भक्तराज आचार्यको जीवनीमा आधारित यो चलचित्रको पुनः सम्पादित ट्रेलर सार्वजनिक गरिएको हो ।
असार ७ गतेदेखि नेपाल र अन्तर्राष्ट्रिय सिनेमाघरमा पुनः प्रदर्शन हुनलागेको यो चलचित्रले संगीतमा स्थापित हुन आचार्यले गरेको संघर्षलाई चित्रण गर्छ । ट्रेलरमा अहिलेका सुपरस्टार दयाहाङ राई, विपिन कार्की, सौगात मल्ल पनि प्रस्तुत हुनुहुन्छ । आचार्यको भूमिकामा उहाँका जेठा छोरा तथा गायक सत्यराज हुनुहुन्छ ।
वरिष्ठ संगीतकार तथा गायक आचार्यको निधनपछि चलचित्रलाई पुनः सिनेमाघरमा ल्याउन लागिएको हो । प्रशान्त रसाइली निर्देशित यो चलचित्रलाई रोशन राईले निर्माण गर्नुभएको हो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts