हेटौंडा । हेटौंडा उपमहानगर पालिका –११ थानाभर्याङमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।
शुक्रबार बेलुका १० बजेको समयमा पुर्ब पश्चिम सडक खण्डमा सर्लाहीबाट काठमाडौ तर्फ जादै गरेको ना ७ ख १६७५ नं को यात्रुबाहक बसको ठक्करबाट नाम, ठेगाना नखुलेका अन्दाजी ३५ वर्षिय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
बस चालक जिल्ला रौतहट चन्द्रनिगाहापुर नगरपालिका १ पौराही बस्ने ५८ वर्षीय कृष्ण बहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ। शव पोस्टमार्टमको लागि हेटौडा अस्पतालको शव गृहमा राखिएको छ।








Video News Post
Breaking News with Advertisements
Breaking news with related posts