काठमाडौं । तनहुँको व्यास नगरपालिकामा मेयर पदको पुनः मतगणना असार २ गते हुने भएको छ ।
यहि जेठ २ गते उच्च अदालत पोखराले पुनः मतगणना गर्न आदेश दिएको थियो । मतगणना असार २ गते बिहान १० बजेदेखि सुरु हुने बताइएको छ ।
व्यास नगरपालिकाका प्रमुखका उम्मेदवार दीपकराज जोशीले दायर गरेको रिटमा अन्तिम सुनुवाइ गर्दै अदालतले निवेदकको दाबी पुग्ने फैसला गरेको थियो ।
मतगणनामा धाँधली भएको भन्दै जोशीले विसं २०७९ जेठ १२ गते निर्वाचन आयोग समेत पाँचजनालाई विपक्षी बनाई रिट दर्ता भएको थियो ।
व्यास नगरपालिकाको प्रमुख वैकुण्ठ न्यौपाने १२ हजार ७८ मत प्राप्त गरी विजयी हुनुभएको थियो भने प्रतिस्पर्धी उम्मेदवार जोशीले ११ हजार आठ सय २६ मत प्राप्त गर्नुभएको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts