काठमाडाैं । पूर्वी भारतको झारखण्ड राज्यमा बर्ड फ्लुको प्रकोप पछि अधिकारीहरूले कुखुराहरू मार्न थालेका छन् ।
झारखण्डको राजधानी शहर राँचीमा रहेको सरकारी पोल्ट्री फार्ममा बर्डफ्लुका बिरामी फेला परेपछि स्थानीय सरकारी अधिकारीहरूले शतर्कता अपनाएका छन् ।
पशुपालन विभागका र्यापिड रेस्पोन्स कर्मचारीले मोराबादी क्षेत्रको कुखुरा फार्ममा हालसम्म ७७० हाँससहित ९२० कुखुरा मारिएको अधिकारीहरुले जनाएका छन् । पोल्ट्री फार्ममा रहेका ४ हजार ३ सय अण्डा पनि कर्मचारीले नष्ट गरेका छन् ।
- सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts