योजनामा बेथिति : ९० मिटर ह्युम पाइप विछ्याउन संघीय बजेट, आवश्यकता नै नभएको ठाउँमा ३८ लाख खर्चिदै

सडक नै बन्द गरेर काम गर्दा सर्वसाधारणलाई सास्ती

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता

तानसेन नगरपालिका-६ लहरेपिपलस्थित सडकमा ह्युम पाइप विछ्याउन खनिएको सडक । तस्बिर : रामचन्द्र रायमाझी/हिटा

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 6 mins

पाल्पा । व्यक्तिगत स्वार्थका कारण संघीय योजनामा बेथिति भएको पाइएको छ । पाल्पाको तानसेन नगरपालिका-६ लहरेपिपलस्थित सडकमा ९० मिटर ह्युम पाइप विछ्याउन संघीय बजेट विनियोजन गरी काम भइरहे पनि उक्त योजनामा बेथिति भएको पाइएको हो ।

त्रिभुुवन बहुुमुखी क्याम्पस नजिकै रहेको मुख्य सडकमा ह्युम पाइप विछ्याउन लागिएको छ । जुन ठाउँ पाइप विछ्याउन आवश्यकता नै देखिदैन । ढललाई व्यवस्थापन गर्न पाइप राख्न लागिएको भनिए पनि उक्त ठाउँ कुनै पनि हिसावले उपयुक्त छैन । जहाँ पाइप विछ्याउन थालिएको हो उक्त क्षेत्रमा ३/४ घर छन् । त्यहाँ यस अघि नै ढलको व्यवस्थापन गरिएका थियो । आवश्यकता नै नभएको ठाउँमा जथाभावी संघीय योजना खर्चेको भन्दै स्थानीय नै असन्तुष्ट बनेका छन् ।

करिब ३८ लाखको लागतमा सडकको बिच भागमा जेठ ४ गतेदेखि सडक नै बन्द गरेर पाइप विछ्याउने काम भइरहेको छ । सो कामका लागि केही व्यक्तिको स्वार्थका कारण केन्द्रीय बजेट परेको स्रोतले जनाएको छ । केन्द्रमा पहुँज भएका व्यक्तिले उक्त ठाउँमा ह्युम पाइप राख्न बजेट पारे पनि अन्ततः उनैले चाहे अनुसारको ठाउँसम्म ह्युम पाइप नपुग्ने निश्चित भएको छ ।

ADVERTISEMENT

ठेक्का सम्झौता अनुसार ९० मिटर सडकमा मात्र पाइप विछ्याउने भनिएकाले ति व्यक्तिले चाहेको ठाउँसम्म नै नपुग्ने भएको हो । उक्त योजनाले नत त्यहाँका स्थानीयलाई समेटन सक्यो न त लक्षित व्यक्तिको चाहान नै पुरा हुने भयो । जसले गर्दा उक्त योजनामा व्यर्थमै बजेट खर्च हुने भएको छ । सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजनाअन्तर्गत सिभिल कन्ट्रक्सन प्रालि विदुर नुवाकोटले निर्माण कार्यको जिम्मा पाएको छ । उसले ९० मिटर लम्बाईको ह्युम पाइप राखि ढलान गर्नका लागि ३७ लाख ९१ हजार ५ सय ८१ भ्याट (बाहेक) लागतमा काम गरिरहेको हो ।

पाइप विछ्याइ ढलान गर्ने मात्र स्टमेट भएकाले यसको निकासको काम आफुहरुले नगर्ने निर्माण व्यवसायी सचिन्द्र लामिछाने बताउनुभयो । ढल व्यवस्थापनको काम स्थानीय सरकारले नै गर्न सक्ने भए पनि समस्याको पहिचान नै नगरी व्यर्थमै केन्द्रीय योजना ल्याएर जनतालाई अनावश्यक दुख दिने काम भएको स्थानीयको आरोप छ । तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले भने यस विषयमा आफुलाई केही जानकारी नभएको बताउनुभयो । उहाँले भन्नुभयो ‘केन्द्रीय योजना भएकाले यस विषयमा मैले केही भनिन्, हामीसँग योजना बाहेक बाँकी काम गर्न यसवर्ष बजेट नभएकाले यस्ता काम गर्न सकिएको छैन ।’ सम्झौता अनुसार उक्त काम आषाढ १६ गतेसम्म सक्ने गरी निर्माण कार्य अगाडि बढे पनि त्यसको औचित्यको बारेमा स्थानीयले आपत्ति जनाएका छन् । उनीहरुले आवश्यकता नै नभएको ठाउँमा अनावश्यक बजेट खर्च गरेको बताएका छन् । पाइप विछ्याउनको लागि भन्दै जेठ २० सम्म सडक बन्द गराएर सर्वसाधारणलाई व्यर्थमै दुःख दिएको स्थानीय रामलाल श्रेष्ठले बताउनुभयो ।

सडक भत्काएर बिचबाटै ह्युम पाइप राख्ने काम भएकाले दैनिक सयौं यात्रुहरु समस्यामा पर्ने गरेका छन् । आर्थिक वर्षको अन्तमा बजेट सक्नकै लागि गरिएको कामले यात्रुले सास्ती खेप्नु परेको छ । यही सडक हुँदै तानसेन, गुल्मी, अर्घाखाँची, बागलुङ जाने सयौं सवारी साधन प्रभावित बनेका छन् । स्कूल बस, खानेपानीको ट्याङकर र फोहर फाल्ने जस्ता अत्यावश्यकका सवारी साधनहरु समेत समस्यामा परेको स्थानीय शोभाकर ढुङगनाको भनाई छ । आफ्नो घर अगाडि माटोको थुप्रो राखेका कारण काम नै बन्द गर्नु परेको ग्यारेज सञ्चालन गर्दै आउनुभएका अनिल खातिले बताउनुभयो । उहाँले भन्नुभयो ‘जथाभावी रुपमा भएको निर्माणले काम नै बन्द हुँदा सयौं मजदुरको रोजीरोटीमा असर परेको छ ।’ सडकमा पाइप विछ्याउने काम भए पनि त्यसले कुनै अर्थ नराख्ने स्थानीयको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?