चितवन । चितवनको कालिका नगरपालिकाका सुकुमबासी समुदायले योजना बनाएर मेयर विनोद रेग्मी सहित जनप्रतिनिधिहरुको बीचमा प्रस्तुत गरेका छन् । सुकुमबासी समुदायले लालपूर्जा वितरणदेखि गरिवी निबारणका लागि बेरोजगार समस्या सामधान सम्मका योजना प्रस्तुत गरेका हुन् ।
आम्दानीको स्रोत नभएका कारण जीविकोपार्जनमा समस्या भएको भन्दै उनीहरुले रोजगारी सृजना, बस्तीमा खानेपानी, शौचालय लगायतका पूर्वाधार निर्माण, लागु औषधि दुव्र्यशनी न्यूनीकरण, बेरोजगारी समस्या सामधानको लागि योजना बनाएर मेयर रेग्मी सहित उपमेयर विमला तामाङ तथा वडाध्यक्ष समक्ष प्रस्तुत गरेका हुन् ।
उनीहरुले प्रस्तुत गरेका योजनामा कतिपय सुकुमबासी बस्तीमा शौचालय नहुँदा शौच गर्न जंगलजानु पर्ने बाध्यता रहेको उल्लेख गरिएको छ । विकाशिल टोल विकास संस्थाकी सदस्य प्रमिला परियारले सुकुमबासी बस्तीमा शौचालय नहुँदा अधिकाँस घरघुरी शौच गर्न जंगल जाने गरेको बताउनुभयो । खानेपानीको घारा छैन, जताततै फोहोर छ उहाँले भन्नुभयो हाम्रो बस्ती मान्छे बस्ने जस्तो नै छैन ।
कालिका नगरपालिकासंगको सहकार्यमा लुमन्ती आबासको लागि सहयोग समुहले सञ्चालन गरेको संकटासन्न क्षमता विश्लेषण र सामुदायिक योजना तर्जुमा परियोजना अन्तर्गत आयोजित सुचनाहरुको बृहद् प्रर्दशनी र प्रस्तुतीकरण कार्यक्रममा १० वटा सुकुमबासीका अगुवाहरुले बस्तीको विकासको लागि योजना बनाएर प्रस्तुत गरेका हुन् । कार्यक्रममा विकाशिल टोल विकास संस्थाकी प्रमिला परियार सहित चौविसघरे टोल विकास संस्थाका राजेश विक, समाबेशी टोल विकास संस्थाकी अन्जु तामाङ, सुर्यपुर टोल विकास संस्थाका भरत पोखरेल, विजय टोल विकास संस्थाकी राममाया प्रजा, शान्ति टोल विकास संस्थाकी पार्वती न्यौपाने, गुरौचौर सिमलघारी टोल विकास संस्थाकी रिमा कुमाल, स्कुलटाँडी टोल विकास संस्थाकी हिरा गुरुङ, बुङखहरे टोल विकास संस्थाकी कविता महतो र नवकिरण टोल विकास संस्थाका अजिब गोलेले योजना प्रस्तुत गनुभएको थियो । सुकुमबासी समुदायको योजना सुनिसकेपछि मेयर रेग्मीले सुमुबासी समुदायले प्रस्तुत गरेको योजनालाई आत्मसाथ गरी आगामी आर्थिक बर्षमा बजेट विनियोजन गरेर काम थाल्ने बताउनुभयो । सुकुमबासीलाई लालपूर्जा वितरण गर्ने अधिकार केन्द्र सरकारमा निहीत रहेको भन्दै उहाँले निस्सा पाइसकेका सुकुमबासी समुदाय ढुक्क भएर बस्न आग्रह गरे । उनले सुकुमबासी बस्ती विकासको लागि योजना बनाएर काम गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा लुमन्तीका कार्यक्षेत्र संयोजक सिंहबहादुर लामाले नगर भित्रका १० वटा सुकुमबासी बस्तीका समुदायको जीवन स्तर उकास्ने गरी काम सुरु गरिएको बताउनुभयो ।
सुकुमबासी समुदायको विकासको लागि आफैले योजना छनौट गर्दा प्रभावकारी हुने भएकाले सामुदायिक योजना छनौटलाई अगाडि बढाइएको उहाँको भनाई थियो । लुमन्तीका सामाजिक परिचालक विकास रानाले स्वागत मन्तव्य राखेका सो कार्यक्रममा वडा नं ५ का वडाध्यक्ष दीपक बहादुर भट्टराई लगायतले मन्तव्य राख्नुभएको थियो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts