बाँके । नेकपा एमालेको बाँकेको नवौं जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्षमा निरक गुरुङ निर्वाचित हुनु भएको छ ।
आज विहान सम्पन्न भएको मत गणनामा निरकले डिल्ली बिसीलाई पराजित गर्नु भएको हो । निरक गुरुङले २ सय ९१ मत ल्यायर विजयी हुँदा उहाँका प्रतिद्वन्द्वी डिल्ली बिसीले १ सय ५४ मत प्राप्त गर्नु भएको थियो ।
शुक्रबारदेखि चलेको नवौँ अधिवेशनमा सर्वसम्मत चयनको प्रयास गरे पनि सहमति नहुँदा निर्वाचन भएको थियो । कार्यसमितिको उपाध्यक्षमा रत्न खत्री विजयी हुनुभयो । उहाँले तीन सय १३ मत प्राप्त गर्नुभयो ।








Video News Post
Breaking News with Advertisements
Breaking news with related posts