चितवन । खैरहनी नगरपालिका वडा नं–१०, कठारमा लागूऔषध सेवनका कारण एक युवाको उपचारका क्रममा मृत्यु भएको छ ।
कठारस्थित ३१ वर्षीय सिंहराम प्रजा आफ्नै घरको सुत्ने कोठामा तिघ्राको कापबाट रगत बगिरहेको अवस्थामा निजको आफन्तले देखेर तत्काल उपचारको लागि भरतपुर सरकारी अस्पताल ल्याइएकोमा मृत्यु भएको हो ।
निज मृतकले लागूऔषध सेवन गर्ने गरेको र अत्याधिक मात्रामा रगत बगेका कारण मृत्यु भएको हुन सक्ने डाक्टरले जानकारी गराएको प्रहरीले जनाएको छ । घटनाको विषयमा प्रहरी टोलीले बुझ्ने कार्य भइरहेको प्रहरीको भनाइ छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts