मकवानपुर । मकवानपुरको मनहरीमा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मनहरी गाउँपालिका ६ बस्ने ५६ वर्षीय काले बहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरीको अनुसार,बिहिवार बिहान अन्दाजी १० बजेको समयमा मनहरी गाउँपालिका ६ चितवन राष्ट्रिय निकुन्जको जंगलमा राई सहित ३ जना स्थानिय मानिसहरु निकुञ्जमा भैंसी चराउन गएको अवस्थामा हात्तीले आक्रमण गर्दा राईको मृत्यु भएको हो।
त्यस स्थानबाट भागी बाच्न सफल भएको भनी संगै गोठाला गएका अन्य मानिसहरुले निकुन्ज सुरक्षार्थ राखिएको नेपाली सेनाको नयाँ सबुज गण बंकर पोष्ट शुनाचुरीमा जानकारी गराएका थिए।
राइको शव पोष्टमार्टमका लागि हेटौंडा अस्पतालमा राखिएको जानकारी दिइएको छ।
पर्सा राष्ट्रिय निकुञ्जको सिमाना चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएकाले मनहरीमा वर्षेनी वन्यजन्तुले स्थानीयलाई आक्रमण गर्दै आइरहेको छ भने खेतीपातीसमेत नष्ट गर्ने गरेको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts