काठमाडौं । नेपाली कांग्रेसले संसदीय कार्यसमिति र संसदीय दलको बैठक बोलाएको छ ।
कांग्रेसले शुक्रबार बिहान ८:३० बजे संसदीय दल कार्यसमितिको र बिहान ९ बजे संसदीय दलको बैठक बोलाएको सांसद प्रतिमा गौतमले जानकारी दिनुभयो ।
प्रतिनिधिसभाको बैठक बस्नु अघि आगामी रणनीति तय गर्न कांग्रेसले संसदीय दलको बैठक बस्न लागेको हो ।
बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्ने छ । कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगिको छानबिनको माग गर्दै संसदीय छानबिन समिति बनाउन सरकार तयार नभएपछि संसद्को अवरोध जारी राखेको छ ।







