मुगु । रारा घुम्न आउने पर्यटकले अब प्लास्टिकका झोला लगायत प्लास्टिक जन्य बस्तु ल्याउन नपाउने भएका छन् । रारा ताल क्षेत्रमा फोहोरको समस्या हटाउन निकुञ्जलाई प्लास्टिकमुक्त क्षेत्र बनाउने लक्ष्य लिइएको हो ।
यहाँ आउने पर्यटकले अब प्लास्टिकको सट्टा कपडाको झोला बोक्नु पर्ने छ। निकुञ्जका निमित्त बरिष्ठ संरक्षण अधिकृत राजु घिमिरेका अनुसार पर्यटकले लिएर आउने प्लास्टिकका झोला प्लास्टिक जन्य बस्तुहरुमा प्याकिङ गरेका खानेकुरा तथा बोतलहरु निकुञ्जभित्रै फालेर जाने गरेका कारण फोहोर बढेकाले यस्तो निर्णय लिनु परेको हो ।
मंगलबारबाट यो नियम लागु गरिएपछि निकुञ्ज भित्र प्रवेश गर्ने जो सुकैले लगेका पानीका बोतलहरु, प्लास्टिक झोला प्लास्टिक जन्य बस्तुहरुमा प्याकिङ्ग गरेका खानेकुराका खोल तथा बोतलहरु रारा घुमेर फिर्ता आउदा आफुसङै ल्याएर काउन्टरमा बुझाउनु पर्नेछ ,निकुञ्ज क्षेत्र भित्र प्रवेश गर्नु अघि झोलाको जाँच गरेर पलाष्टिकजन्य वस्तुको एकिन गरि संख्या इन्ट्री गर्ने व्यवस्था मिलाएका छौ फर्कदा सोही अनुसारका पलाष्टिकजन्य वस्तहरु फिर्ता ल्याएको हुनु पर्नेछ नल्याए अधिकतम २०० रुपया जरिवाना तिर्नु पर्नेछ रारा राष्ट्रिय निकुन्ज कार्यालयका निमित्त वरिष्ठ संरक्षक अधिकृत घिमिरेले बताउनु भयो ।
लामो समय देखि निकुञ्ज कार्यालयले प्लास्टिक न्यूनीकरण अभियान सञ्चालन गरे पनि प्रभावकारी नभएपछि यस्तो नियम लागु गरिएको हो ।
रारा घुम्न आउने पर्यटकले मात्र होइन निकुञ्ज भित्र बस्ने नेपाली सेना, निकुन्ज कार्यालयका कर्मचारीले पनि प्लास्टिकका झोला, खानेकुराका प्याकेट, खोल लगायतका सामग्री जथाभाबी फाल्न,लिन पाउने छैनन ।निकुञ्ज भित्र सुरक्षाका लागि सेनाका बिभिन्न पोस्ट राखिएका छन त्यहाँ बस्ने सेनालाई पनि प्लास्टिकका झोलाको सट्टा कपडाका झोला प्रयोग गर्न लगाइनेछ ।
यो अभियानलाई सफल पार्न जानकारी मुलक सूचना बोर्ड, पोस्टर र स्टिकर बनाइ प्रवेश नाकाहरु र भिडभाड हुने स्थानहरुमा राखिनेछ ।निकुञ्ज भित्र प्रवेश गर्ने ४ वटा प्रवेशद्वारहरु सल्लेरी, लामाचौर, ताल्चा, जेउड्या हुन यि स्थानहरुबाट पर्यटकहरु प्रवेश गर्दा र बाहिरिदा चेकजाच कडाइ गरिनेछ ।रारामा पछिल्ला वर्षहरुमा आन्तरिक तथा बाइय पर्यटकहरुको आगमन बढदै गएसङै रारा ताल आसपास क्षेत्रमा फोहोर पनि बढदै गएको छ । खास गरि पलाष्टिकजन्य,सिसाजन्य र आलमोनियमजन्य फोहोर बढदो छ ।
निकुन्ज सुरक्षार्थ खटिएका नेपाली सेना,निकुन्ज कर्मचारीहरुले रारा क्षेत्रको नियमित सरसफाइ गर्दै आएका छन्, भने नेपाल विधाथी संघ मुगुले पनि गत पुस महिना देखि प्रत्यक महिनाको अन्तिम शनिवार नियमित सरसफाइ गर्दै आएको छ । सरसफाइ हप्ता दिन वा महिनामा एक दिन हुने तर पर्यटकहरुले दैनिक फोहोर जथाभावी फाल्ने र फालेको फोहोर हावाले उडाएर,चराले टिपेर जहातही छरपष्ट पारिदिदा रारा क्षेत्रको सुन्दरतामा खलल पग्दै आएको थियो ।
आर्थिक वर्ष २०८०/०८१ को चैत्र महिनासम्म रारा घुम्ने आन्तरिक नेपाली पर्यटक ८ हजार ३ सय, सार्क राष्ट्रबाट ३५, विदेशी १८३ गरी ८ हजार ५ सयले रारा घुमेको रेकर्डमा रहेको छ । गत वर्षभन्दा यो वर्ष रारा घुम्न आउने पर्यटक बढेको निमित्त बरिष्ठ संरक्षण अधिकृत घिमिरेले जानकारी गराउनु भयो ।








Video News Post
Breaking News with Advertisements
Breaking news with related posts