हेटौंडा । चेपाङ समुदायकि दिलकुमारी प्रजाले ४९ वर्षको उमेरमा जन्मदर्ता र नागरिकता पाउनुभएको छ ।हेटौंडा–१४ नयाँवस्ती घर भएकी प्रजा २०३२ सालमा जन्मिनु भएको उहाँले उपमहानगरपालिका १७ नम्बर वडा कार्यालयबाट जन्मदर्ता प्राप्त गर्नुभयो ।
जन्मदर्ता प्राप्त गरेपश्चात जिल्ला प्रशासन मकवानपुरबाट वैशाख ३१ गते नागरिकता प्राप्त गर्नुभयो ।विभिन्न सञ्चार माध्यममा ४ महिना अगाडि समाचार आएपछि प्रक्रिया अगाडी बढेको थियो। ४ हजार यातायात खर्च गरेर ७ दिन धाएपछी बल्ल नागरिता पाएको दिलकुमारीले सुनाउनुभयो ।
६ वटा सन्तानका बाबुआमा दिलमाया र शंकर एक वर्षअघिदेखि छोराछोरीको जन्मदर्ता र नागरिकता कसरी बनाउन सकिन्छ भनेर भौतारि रहनुभएको थियो । हुर्केका छोराछोरी बाहिर काम खोज्न जाँदा नागरिकता अनिवार्य चाहिने भन्ने थाहा पाएपछि चेपाङ दम्पतीले नागरिकता बनाउने प्रक्रिया सुरु गरेका थिए तर, ती दम्पतिको बिहे दर्ता नै नभएकाले समस्या त्यहिँबाट सुरु भएको थियो ।
बिहे दर्ता गर्न खोज्दा दिलमायाको माइतीपट्टीको कसैको पहिचान नहुँदा उनको जन्मदर्ता र नागरिकता बनाउन समस्या भएको थियो।अहिले दिलमायाको माइतीमा भाइको नागरिकता भएको कारण उनको जन्मदर्ता बनाइ नागरिकता बनाउन सहज भयो।
दिल कुमारीको नागरिकता त बन्यो तर छोराछोरी जन्मदर्ता बनाउन ६ जनाको १२ सय खर्च जुटाउनु नसकेपछि उनिहरु फेरि अट्किएको जानकारी गराए। आमाको नागरिकता बनेपछि आफूहरूको बिहेदर्ता प्रमाणपत्र बनाइ छोराछोरीको जन्मदर्ता बनाउन उहाँहरु मंगलबार वडा कार्यालय पुग्नुभएको थियो ।
३५ दिनभित्र व्यक्तिगत घटना दर्ता निःशुल्क भए पनि उनीहरूको सो म्यादभित्र नभएका कारण उनीहरूलाई प्रतिघटना २०० रुपैयाँ शुल्क लाग्ने बताइएको थियो । ६ जनाको जन्मदर्ता गराउन उनीहरूसँग सो रकम पनि नभएपछि छुट गरिदिन अनुरोध गर्नुभएको थियो।
सो समस्या बारे जानकारी पाएपछि वडाध्यक्ष सम्म सन्चारकर्मी पुग्दा अध्यक्ष दिपक खड्काले प्रहरी सहायक निरीक्षक दीपेन्द्र ढकाल, वडा सदस्य श्यामकुमार ब्लोन तथा अन्य सेवाग्राहीसमेतको अगाडि पत्रकारहरूलाई ‘चोर’को संज्ञा दिँदै तुरुन्त कार्यकक्षबाट निस्किन धम्की दिएपछि सो गतिविधिको अडियो र भिडियो खिच्न खोज्दा वडाध्यक्षले पत्रकारहरूको मोबाइलसमेत खोसेर नियन्त्रणमा लिएका थिए ।
२२ वर्षिया गितासँगै शंकर र दिलमायाका छोरा सन्जोग र अरु छोरीहरु प्रिति र कृतिको जन्मदर्ता बन्न बाँकी रहेको छ । उनीहरुको जन्मदर्ता कहिले बनाउने त रु भन्ने प्रश्नमा शंकरले भन्नुभयो, ‘अहिले सदस्यज्यूले २ जनाको ९जन्मदर्ता० गर्न पैसा दिनुभयो । अब अरु चारजनाको पैसा भएपछि बनाउने ।’
वडाध्यक्ष खड्काले भने जन्मदर्ता नै गर्न नसक्नेसम्मको विपन्नता वडामा कसैको पनि नभएको दाबी गर्नुभयो । आक्रोशित मुद्रामा रहेका खड्काले बरु चेपाङ समुदायका मानिसहरुले आफ्नो कमाइ जाँडरक्सि र अन्य फजुल खर्चमा लगाइरहेको दाबी गर्नुभयो ।
हेटौंडा उपमहानगरपालिका भित्र रहेको सो स्थानमा चेपाङ समुदायका अधिकांश नागरिक पिछडिएका र अशिक्षित छन् । सो स्थानका थुप्रै विद्यालय जानुपर्ने बालबालिका बिहानबेलुकाको छाक टार्न बगरमा बालुवा चाल्ने र ट्याक्टर चलाउन व्यस्त रहेका हुन्छन् । सो स्थानमा बालबिवाह पनि थुप्रै भइरहेको छ।








This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts