काठमाडौं । भारतको मुम्बईमा होर्डिङ बोर्ड ढल्दा कम्तिमा १४ जनाको मृत्यु भएको छ। आँधीका कारण १५ हजार वर्गफिटको होर्डिङ बोर्ड ढलेको थियो ।
दुर्घटनामा परी करिब ७४ जना घाइते भएका छन् । भारतीय अधिकारीहरूका अनुसार ७० मिटर लामो होर्डिङ बोर्ड शहरको घर र पेट्रोल स्टेसनमा खसेको थियो।
मुम्बईमा वर्षा र धुलोको आँधीले रुखहरू ढलेसँगै बिलबोर्ड खसेको थियो। बोर्ड पेट्रोल पम्पमाथि खसेको थियो । त्यहाँ हुरीबतास र वर्षाका कारण मानिसहरु ओत लागेका थिए ।
घटनास्थलमा उद्धारका कामहरु भैरहेका छन्।








This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts