भोजपुर। भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले नगरभित्र रहेको एक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई झोला बितरण गर्नु भएको छ ।
भोजपुर नगरपालिका वडा नम्वर ४, दावाँ मान्द्रेमा रहेको पञ्चकन्या आधारभूत विद्यालयमा अध्यनरत विद्यार्थीहरुको लागि विद्यालय झोला वितरण गर्नु भएको हो । महिला तथा बालबालिका शीर्षकमा बिनियोजित रकमबाट विद्यालयमा अध्यनरत एक सय १४ जना विद्यार्थीलाई झोला बितरण गरिएको छ । नगर भित्रका विद्यालयहरुलाई प्रोत्साहन गर्ने उद्धेश्यका साथ उपप्रमुख शेर्पाले बिगतदेखि नै यस्तो कार्य निरन्तर गर्दै आउनु भएको छ ।
उपप्रमुख शेर्पाले भन्नुभयो, “समुदायमा रहेका बिद्यालयहरुमा आउने बालबालिकालाई नियमित बिद्यालय आउन प्रोत्साहन गर्न जरुरी छ ।” सामुदायिक बिद्यालयको शैक्षिक सुधारका लागि आफु लागि परेको उपप्रमुख शेर्पाको भनाई रहेको छ । यस भन्दा अगाडी पनि उपप्रमुख शेर्पाले नगर क्षेत्र भित्रका बिभिन्न बिद्यालयहरुमा कपडा। झोला बितरण सहित कम्प्युटर लगायतका सामाग्रीहरु समेत हस्तान्तरण गरिसक्नु भएको छ ।
उपप्रमुखबाट विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई गरिएको सहयोगले शैक्षिक सुधारमा पनि थप टेवा मिल्ने पञ्चकन्या आधारभूत विद्यालयका प्रधानाध्यापक महेश भट्टराईले बताउनुभयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts