हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना) ले अग्रज नेता कार्यकर्ताको सम्मान गर्न जरुरी रहेको धारणा राख्नुभएको छ ।
नेपाली कांग्रेस थाहा नगर ९ नम्बर वडा समिति चित्लाङको आयोजनामा शनिबार भएको शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अग्रजको योगदानकै कारण कांग्रेस वर्तमान अवस्थासम्म आइपुगेकोले अग्रजको सम्मान गर्नुपर्ने धारणा राख्नुभएको हो ।
'यस वडाले अघिल्लो वर्षहरुमा झैं यस वर्ष पनि अग्रजलाई सम्मान गर्ने कार्यक्रमलाई निरन्तरता दिएको छ । पार्टीमा लामो समय योगदान दिनुभएएका अग्रजहरुको योगदानलाई सम्मान गर्न जरुरी छु, सहमहामन्त्री डिनाले भन्नुभयो, 'अरु वडा र पालिकाले पनि यस वडाबाट सिक्न जरुरी छ ।' आम निर्वाचनमा कांग्रेसको उम्मेदवारलाई घात गर्नेहरुलाई पार्टीको आन्तरिक निर्वाचनबाटै पाखा लगाउनुपर्ने उहाँको निर्देशन थियो । वर्तमान राजनीतिक सन्दर्भमा आफ्नो धारणा राख्दै सहमहामन्त्री डिनाले कांग्रेसलाई धोका दिएर बनेको वर्तमान सरकार अहिले नै धर्मराएकाे बताउनुभयो । कम्युनिस्टहरु आफ्नो सरकार टिकाउन अर्काको पार्टी फुटाउन समेत पछि नपर्ने उहाँको भनाई थियो ।
कांग्रेस थाहा नगर ९ नम्बर समितिले सूर्यमान बलामी, उत्तमप्रसाद उपाध्याय, खिन्द्रबहादुर थापालाई सम्मान गरेको हो । यस्तै स्व बिष्णुलाल गमाल र राजभाई श्रेष्ठलाई मरणोपरान्त सम्मान गरिएको थियो ।
वडा सभापति राजेन्द्र केसीको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस मकवानपुरका नेताहरु आनन्दराम पराजुली, यतिराज सापकोटा, भीम लामा, भरत गोपाली, उद्धव लामिछाने, खड्ग गोपाली, राजेन्द्र बिडारी, भवानी श्रेष्ठ, बिक्रम गोपाली, दीपक गोपाली, कर्ण गोपाली, राममाया खत्रीलगायतले समसामयिक विषयमा मन्तव्य व्यक्त गर्नुभएको थियो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts