सर्लाही । सर्लाहीको लालवन्दीमा मधेश प्रदेश सरकारकी श्रम तथा यातायात मन्त्री बेची लुंगेलीले महेन्द्रनारायण निधि आवास कार्यक्रम अन्तर्गत निर्मित भवन हस्तान्तरण गर्नुभएको छ ।
शनिबार लालबन्दी नगरपालिका वडा नं ५ मा दुई तथा १० नं वडामा एक गरी तीनवटा नवनिर्मित भवनहरु मन्त्री लुंगेलीले हस्तान्तरण गर्नुभएको हो । ५ नम्बर वडाका हरि धमला र मैतिदेवी मोक्तान तथा १० नम्बर वडाका गणेशबहादुर मिरिङचिङलाई नवनिर्मित भवनहरु हस्तान्तरण गरिएको थियो ।
भवन हस्तान्तरण कार्यक्रममा लालबन्दी नगरपालिकाकी उपमेयर कल्पना पाख्रिन, वडाध्यक्ष मीन प्रसाद ढुंगेल, राजन काफ्ले, बज्रमणि लामा, सुमन अमात्य, भोला आले, हेम सुस्लिङ, बेन्नी आले लगायतको उपस्थिती रहेको थियो ।
मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालय मातहत रहेको महेन्द्र नारायण निधि आवास कार्यक्रम मार्फत मन्त्री लुंगेलीकै पहलमा उक्त भवनहरु निर्माण सम्पन्न भएको थियो ।






