भोजपुर । भोजपुरको पश्चिम टेम्केमैयुङ गाउँपालिकामा संचालन भएको आँखा शिविरमा सात सय जनाको उपचार भएको छ भने ३९ जनाको शल्यक्रिया गरिएको छ । गाउँपालिकाको केन्द्र अन्नपूर्णमा दुई दिने शिविर संचालन भएको हो ।
गाउँपालिकामा रहेको अन्नपूर्ण बागधन रणदिपा माध्यामिक विद्यालयमा दुई दिनसम्म संचालन भएको शिविरमा आँखा परीक्षण र शल्यक्रिया सेवा संचालन गरिएको नेपाल नेत्र ज्योती संघ आँखा तथा कान उपचार केन्द्र भोजपुरका प्रमुख बिजय तामाङले जानकारी दिनुभयो । बिशेषज्ञहरुबाट संचालन भएको शिविरमा सात सय जनाले उपचार सेवा पाएको र ३९ जनाको आँखा शल्यक्रिया गरिएको प्रमुख तामाङले बताउनुभयो ।
प्रमुख तामाङले भन्नुभयो, “भोजपुर जिल्लाको ग्रामीण क्षेत्रहरुका लागि शिविरहरु प्रभावकारी देखिने गरेको छ, आर्थिक बिपन्ता र बिविध समस्याका कारण उपचारबाट बञ्चित नागरिकहरुका लागि निशुल्क शिविरहरु बरदान सावित भएका छन ।” शिविरमा आँखा परीक्षण तथा उपचारका साथै मोतिबिन्दु र आँखामा मासु पलाएका बिरामीहरुको शल्यक्रिया गरिएको छ ।
नेपाल नेत्र ज्योती संघ बिराटनगर आँखा अस्पताल र आँखा तथा कान उपचार केन्द्र भोजपुरको आयोजना तथा टेम्केमैयुङ गाउँपालिकाको सहयोग तथा ब्यवस्थापनमा शिविर आयोजना भएको हो । शिविरमा बिराटनगर आँखा अस्पतालका डाक्टर प्रिति अग्रवाल लगायतको टिमले सेवा प्रदान गरेको थियो । डाक्टर अग्रवालले भन्नुभयो, “ ग्रामीण क्षेत्रका जनताको लागि सेवा गर्ने अवसर मिल्यो, हाम्रो सहयोगले आँखामा समस्या भएका सेवाग्राहीले आँखाको ज्योती पुन पाउनु भएको छ ।” आगामी दिनमा पनि दुर्गम जिल्लाका नागरिकको सेवामा हामी लागि रहने छौ, डा. अग्रवालले भन्नुभयो ।
टेम्केमैयुङ गाउँपालिका भन्दा अगाडी जिल्लाको सुदुर उत्तरमा रहेको साल्पासिलिछो गाउँपालिकामा संचालन भएको शिविरमा पनि सात सय बढीको उपचार र ४२ जनाको आँखाको शल्यक्रिया गरिएको थियो । गाउँपालिकामा संचालित शिविरमा पालिका भित्रका ९ वटै वडा र जिल्लाका अन्य नागरिकहरुले सेवा लिएको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताउनुभयो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा