नवलपरासी । पश्चिम नवलपरासीको सुस्तामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । मृत्युु हुनेमा सुस्ता गाउँपालिका वडा न ५ पक्लिहवा स्थित तरैनी गाउँ बस्ने बर्ष २८ कि पुनम कुशवाहा हुनुहुन्छ ।
मृतक कुशवाहाको मंगलवार बिहान करिब ११ बजे तिर चलेको हावाहुरिको बेला बगैचातिर गएको बेला परेको चट्याङ लागेर ज्यान गएको प्रारम्भिक अनुमान गरिएको इलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक श्याम प्रकाश यादवले जानकारी दिनुभयो ।
मृतक पुनमका एक छोरा र एक छोरी छन् । भने श्रीमान वैदेशिक रोजगारको शिलशिलामा साउदी अरबमा छन् ।
घटनाको खबर पाइ श्रीमान् ओम प्रकाश कुशवाहा घर फर्किन लागेको परिवारिक श्रोतले जनाएको छ । उहाँ घर फर्कीसकेपछि मात्र कानुनी प्रकृया पुरा गरि शदगत गरिने छ ।








Video News Post
Breaking News with Advertisements
Breaking news with related posts