काठमाडौं । होटल संघ नेपाल(हान)को सुदूरपश्चिम प्रदेश तदर्थ समिति गठन भएको छ । आइतबार धनगढीमा हानको सुदूरपश्चिम प्रदेश तदर्थ समिति गठन भएको हो ।
धनगढीका प्रतिष्ठित होटल व्यवसायी दिनेशराज भण्डारीको संयोजकत्वमा जगदीशचन्द्र भट्ट, मानसिंह साउद, ज्ञानेन्द्र गुप्ता र पुष्पराज कुँवरसमेत पाँच सदस्यीय समिति गठन भएको हानले जनाएको छ । समितिलाई हानका केन्द्रीय अध्यक्ष विनायक शाहले हान पिन लगाएर जिम्मेवारी प्रदान गर्नुभएको थियो ।
अध्यक्ष शाहले हानका सातै प्रदेश र ७७ जिल्ला उपस्थिति रहने बताउनुभयो । सो अवसरमा प्रदेश प्रमुख नजिर मिया, प्रदेश पूर्वअर्थमन्त्री नरेशबहादुर शाही, क्षेत्रीय होटल संघ कञ्चनपुरका अध्यक्ष जगदीशचन्द्र भट्टलगायतको उपस्थिति रहेको थियो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts