काठमाडौं । दुई दर्जनभन्दा बढी ठूला कम्पनीले बक्यौता कर तिर्न अटेरी गरेका छन् । आन्तरिक राजस्व विभागले विभिन्न समयमा कर संकलन भ्रमण, अनुरोध, पत्राचार र फोन सम्पर्क गरी जानकारी गराउँदासमेत बक्यौता कर तिर्न अटेरी गर्ने २५ ठूला करदाता कम्पनीलाई १५ दिनभित्र बक्यौता दाखिला गर्न निर्देशन दिएको छ ।
कर नतिर्नेमा कृषि सामग्री कम्पनी लिमिटेड, उदयपुर सिमेन्ट, माउण्ट एभरेस्ट ब्रुअरी, पेन इण्डिया इन्फ्रा प्रोजेक्ट्स, हिमाल आइरन एण्ड स्टिल, शुभश्री अग्नि सिमेन्ट उद्योग, श्री जयन्ती निर्माण सेवा, गण्डकी विकास बैंक, सुमेरु बचत तथा ऋण सहकारी, नर्भिक इन्टरनेसनल हस्पिटल एण्ड मेडिकल कलेज, अरनिको आँबुखैरनी सिमेन्ट प्रालि रहेका छन् ।
त्यसैगरी जनक शिक्षा सामग्री केन्द्र, सिई कन्स्ट्रक्सन प्रालि, टाइगर्स ब्रुअरी इण्डस्ट्रिज, सुबिसु केबलनेट, इस्टर्न एजेन्सिज प्रालि, सुनाम इन्फ्रास्ट्रक्चर निर्माण प्रालि, कसमस सिमेन्ट इण्डस्ट्रिज प्रालि, बतास ब्रदर्स प्रालि, महालक्ष्मी वायर एण्ड केबल इण्डस्ट्रिज प्रालिले कर तिरेका छैनन् । विशाल सिमेन्ट इण्डस्ट्रिज प्रालि, ग्रिन हिल सिटी, अयोकी सिम्बोल इरेक्टर्स नेपाल प्रालि, शिव शिखर एग्रो प्रालि र कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले पनि कर तिरेका छैनन् ।
तोकिएको समयभित्र कर रकम दाखिला नगरे या प्रमाण पेश नभएमा आयकर ऐन, २०५८ को दफा १०४ देखि १११ सम्म एवं मूअकर ऐन, २०५२ को दफा २१ (१) तथा नियमावली, २०५३ को नियम ५२ र ५३ मा उल्लेखित सबै वा कुनै एक कारबाही गरी बक्यौता असुलउपर गरिने समेत विभागले चेतावनी दिएको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts