कुकुरको टोकाइबाट बैतडीमा लेखापालको मृत्यु

Read Time = 1 min

बैतडी । बैतडीमा कुकुरको टोकाइबाट एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको सिगास गाउँपालिका(७ स्थित बालकृष्ण माध्यमिक विद्यालयका लेखापाल ३६ वर्षीय नरेन्द्र बहादुर साउँद रहेका छन् ।

उनलाई तीन महिना पहिले कुकुरले टोकेको थियो । कुकुरले टोकेपछि उनको स्वास्थ्य अवस्था दैनिक बिग्रँदै गएको थियो ।

ADVERTISEMENT

उनलाई गत मंगलबार उपचारका लागि अस्पताल लगिएको हो । चेकजाँचका क्रममा रेबिज पुष्टि भएको र उपचारकै क्रममा मृत्यु भएको सिगास गाउँपालिकाका शिक्षा शाखा प्रमुख रमेश भट्टले बताउनु भयो ।

परिवारका अन्य सदस्यहरूलाई पनि कुकुरले टोकेको आफन्त सूर्यबहादुर बोहराले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?