काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको हकप्रद सेयर बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ । कम्पनीले १ः०.२७ को अनुपातमा जारी गर्न लागेको साबिकका सेयरधनीलाई प्रतिसेयर सय रुपैयाँ दरका एक करोड छ लाख ९६ हजार तीन सय २० कित्ता बराबरको हकप्रद सेयर निष्कासन तथा बिक्रीका लागि नेपाल एसबिआई मर्चेन्ट बैंकिङ नियुक्त भएको हो ।
सन नेपाल लाइफ इन्स्योरेन्सको कार्यालयमा आयोजित एक समारोहबीच नेपाल एसबिआई मर्चेन्ट बैंकिङतर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोखरेल र सन नेपाल लाइफ इन्स्योरेन्सतर्फबाट प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले उक्त सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो । नेपाल एसबिआई मर्चेन्ट बैंकिङ नेपाल एसबिआई बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता