जेनेभा । संयुक्त राष्ट्रसंघको महासभाले मे २४ लाई अन्तर्राष्ट्रिय ‘मारखोर दिवस’का रूपमा घोषणा गर्ने प्रस्ताव पारित गरेको छ । मारखोर पाकिस्तानको राष्ट्रिय जनावर हो ।
उक्त प्रस्तावले अन्तर्राष्ट्रिय मारखोर दिवस विश्वव्यापीरूपमा मनाउन आहृवान गरेको र समग्र पारिस्थितिकीय प्रणालीमा मारखोरको भूमिकालाई ध्यानमा राख्दै त्यसको संरक्षणका लागि अन्तर्राष्ट्रिय र क्षेत्रीय सहयोग अभिवृद्धि गर्नका लागि सबै सरोकारवालाहरूलाई उचित ध्यान दिन आमन्त्रण गरेको छ । यसले संयुक्त राष्ट्र वातावरण कार्यक्रमलाई अन्तर्राष्ट्रिय दिवस मनाउन सहजीकरण गर्न आमन्त्रित गर्दछ । रासस/सिन्हृवा ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts