उदयपुर । उदयपुरको ताप्ली गाउँपालिका–३ इनामेकी ६१ वर्षीया दिलकुमारी मगर मृत फेला परेकी छिन। त्रियुगा नगरपालिका ३ भुल्केस्थित सामुदायिक वनको मौवाखुन खोला जङ्गलमा मृत भेटिएको बताइएको छ।
उनी ९ दिन देखी बेपत्ता भएकी थिइन। लामो समयसम्म पनी घर नफर्केपछि प्रहरीमा उजुरी दिएर उनको खोजी कार्य भइरहेको थियो। खोजी गर्दा कहीँकतै नभेटिएपछि उनको तस्विर टाँसेर खोजी कार्य भइरहेको भइरहेको थियो।
एक्कासी बिहीबार स्थानीयले घाँस दाउरा काट्न वनमा जाँदा बृद्धा महिला मृत अवस्थामा फेला परेकी हुन्। त्यसपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
घटनास्थलको सर्जमिन मुचुल्का गरी शव पोष्टमार्टमका लागि आफन्तसहित जिल्ला अस्पताल पठाएको प्रहरीले जनाएको छ। यसबारे अनुसन्धान भैइरहेको छ।







