काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/०८० को बोनस सेयर तथा नगद लाभांश वितरण गर्न प्रस्ताव गरेको छ ।
बुधबार सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीलाई कुल ३४.५० प्रतिशत लाभांश वितरण गर्न प्रस्ताव गरेको हो ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २५ प्रतिशतले हुन आउने एक अर्ब रुपैयाँ बराबरको बोनस सेयर र ९.५० प्रतिशतले हुन आउने ३८ करोड रुपैयाँ बराबरको नगद लाभांश पारित गरेको हो ।
लाभांश नियामक बिमा प्राधिकरणबाट स्वीकृत र आगामी साधारणसभाबाट पारित भएपछि कम्पनीको चुक्ता पुँजी पाँच अर्ब रुपैयाँ कायम हुने कम्पनीले जनाएको छ ।






