भोजपुर । नेकपा (एमाले) जिल्ला कमिटी भोजपुरको नवौं जिल्ला अधिवेशन बिहिवारबाट जिल्ला सदरमुकाममा सुरु भएको छ ।
अधिवेशनको नेकपा (एमाले ) केन्द्रिय उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले गर्नु भएको छ । दुई दिनसम्म चल्ने जिल्ला अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने छ । अधिवेशनमा प्रतिनिधी, पर्यवेक्षक गरी छ सय बढीको सहभागिता रहने आयोजक पक्षले जनाएको छ ।
आगामी नेतृत्वका लागि अहिलेका अध्यक्ष शरण कुमार राई र उपाध्यक्ष मकर खडकाको दावी रहदै आएको छ । अधिवेशनमा पूर्वमुख्यमन्त्री तथा एमाले स्थायी कमिटि सदस्य शेरधन राई लगायतका केन्द्रिय नेताहरुको पनि उपस्थिती रहेको छ । नयाँ नेतृत्वका लागि शुक्रवारबाट प्रक्रिया सुरु हुने छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता