
राजविराज । सप्तरीको महादेवा गाउँपालिका १ स्थित चिम्टीका ६५ अग्निपीडित परिवारहरू बिजोग भएको छ ।
मंगलबार दिउँसो आगो लागेर यहाँका ६२ परिवारको एक सय २० घरगोठ जलेर नष्ट भएको अहिलेसम्मको तथ्यांक छ ।
मंगलबार अपरान्ह लागेको आगोले ६५ परिवारका १ सय १४ घर खरानी भएपछि अहिले उनीहरु खुल्ला आकासमुनी बस्न बाध्य भएका हुन् । रातभरि आगो निभाउनै व्यस्त रहेका चिम्टी बासीले नसुतेरै रात बिताए । आगलागी भएको राति भुजा चिउरा खाएर बसेका अग्निपीडितहरू चर्को घाममा बस्न बाध्य छन् । घाम सहनसक्ने अवस्था नरहेकोले रुखको छहारीमा पीडितहरू बसिरहेका छन् ।
बुधबार बिहान राहत स्वरुप आएको चिउरा भुजा खाएर बस्नु परेको पीडित मध्यका दुर्गा प्रसाद यादवले बताउनुभयो ।
"आगोले सबै सखाप तुल्याएको छ” उहाँले भन्नुभयो "केही उपाय नचलेपछि पल्लो टोलबाट त्रिपाल मागेर जाहान बालबच्चालाई राखेका छौँ ।"
यस्तै दुखेसो अग्निपीडित ७५ बर्षिया दुखनी देवी यादवको पनि छ, बस्ने, खाने, सुत्ने केही उपाय नरहेपछि खेतमा त्रिपाल टाँगेर बस्न बाध्य भएकी उहाँले भन्नुभयो “६ जना छोरी, एउटा छोरा र नाति–नातिनालाई कसरी सुरक्षित राख्ने भन्ने चुनौती छ ।”
आगो लागेर दुई दिन बित्न लाग्दा समेत दुईचार केजी चिउरा भुजाबाहेक केही नपाएको उहाँको भनाइ छ ।
"भएको श्रीसम्पत्ति अन्नपात स्वाहा भयो" उहाँले भन्नुभयो, "यसैगरी कतिदिन टर्ला ?”
वडा अध्यक्ष जयकिशोर दासले पहिलो चरणमा राहत स्वरुप मंगलबार बेलुका नै चाउचाउ, मुरही, चिउरा, पानी अग्निपीडितहरूलाई वितरण गरिएको जानकारी दिनुभएको छ ।
यता छिन्नमस्ता गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीले महादेवा गाउँपालिकाको चिम्टीका अग्निपीडितलाई एक दिनको तलब, भत्ता उपलब्ध गराउने भएका छन् ।
गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले आगलागीको घटनाले आफूहरू स्तब्ध भएको जानकारी गराउँदै एक दिनको तलब भत्ता उपलब्ध गराउने जानकारी गराउन भएको छ ।
यसै गरी चिम्टीका अग्निपीडितलाई सप्तरी युथ नेपाल र नूर वेलफेयर सोसाइटी सप्तरीले संयुक्त रुपमा दैनिक भोजन सेवा कार्यक्रम सञ्चालन गरिएको छ । अग्निपीडितलाई बिहान बेलुका निःशुल्क खाना खुवाइने सप्तरी युथ नेपालका उपाध्यक्ष मोहनकुमार यादवले जानकारी दिनुभयो ।
उहाँका अनुसार बेलुका लागि १ क्विन्टल चामल, २५ किलो दाल, तरकारी सहितका खाना तयार भइरहेको छ । उक्त कार्यक्रममा स्वतन्त्र विद्यार्थी युनियन मविव क्याम्पस राजविराज, मिसन कलेज र पदमा एण्ड टुरिजम बथनाहाको पनि सहकार्य रहेको जनाइएको छ ।
मंगलबार दिउँसो शत्रुधन यादवको घरबाट अचानक सल्केको आगो फैलिएर यादव, सदा र मुस्लिम समुदायको बसोबास रहेको उक्त बस्तीका ६५ परिवारका १ सय १४ वटा घर जलेर बस्ती नै सखाप भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच