इलाम । इलाम २ को जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले फराकिलो मतान्तर बनाउँदै अघि बढ्नुभएको छ ।
जारी मत गणनामा सुहाङले १६ हजार २१९ मतका साथ अग्रस्थानमा हुनुहुन्छ ।
नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले १० हजार ५५७ मत प्राप्त गर्नुभएको छ ।
यस्तै मुढा चिन्ह पाउनु भएका पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ८ हजार ८२५ मतका साथ पछ्याइरहनु भएको छ ।
यस्तै रास्वपा उम्मेदवार मिलन लिम्बूले २ हजार ६४५ मत प्राप्त गर्नुभएको छ ।






