१ करोड १० लाख लागतमा बनेको किन्ताङ खोलाकाे बेलिब्रिज उद्घाटन
Read Time = 3 mins
धादिङ । धादिङको किन्ताङ खोलामा बेली ब्रिजको उदघाट्न गरिएको छ ।
खनियाबास गाउँपालिका-४ र नेत्रावती डबजोङ-१ जोड्ने किन्ताङफेदी (किन्ताङखोला) मा बनेको ४२ दशमलव ६७ मिटर लम्बाइ र ४ दशमलव २ मिटर चौडाइको सिङ्गल बेली ब्रिजको संघीय सांसद रामनाथ अधिकारी र प्रधानसेनापति प्रभुराम शर्माले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।
नेपाली सेनाको प्राविधिक सहयोग, नेपाल विद्युत प्राधिकरणको भौतिक सहयोग तथा खनियावास र नेत्रावती डबजोङ गाउँपालिकाको आर्थिक सहयोगमा सम्पन्न भएको फुटपाथसहितको एकतर्फी सवारी चल्ने ३० टन क्षमताको चाईनिज मेटालिक हाईब्रिड बेलिब्रिजको उद्घाटन गरिएको हो । कुल १ करोड १० लाख लागतमा नेपाली सेनाको १४ नम्बर बाहिनि अड्डाको प्राविधिक सहयोगमा निमार्ण सम्पन्न भएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै संघीय सांसद रामनाथ अधिकारीले उत्तरी धादिङलाई जोड्न अझै २ ओटा पुल बनाउन आग्रह गर्नु भएको छ ।
कार्यक्रममा नेपाली सेनाका महारथी प्रभुराम शर्माले जनताका लागि काम गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो ।
पुल निर्माणकोे खर्च सुरुमा खनियाबास गाउँपालिका र पछि नुवाकोटको किस्पाङ गाउँ पालिका, गंगाजमुना गाउँपालिका र नेत्रावती डबजोङ गाउँपालिकाले सहयोग गरेको छ । गत असोज १२ गते शिलान्यास गरिएको थियो । यो पुलले उत्तरी धादिङको रुविभ्याली, गंगाजमुना, खनियाबास र नेत्रावती डबजोङ गाउँपालिकासँगै नुवाकोटको किस्पाङ गाउँपालिकाको विकट बस्तीलाई सदरमुकाम धादिङबेशीसँग जोड्ने छ ।
पुल नहुँदा बर्खाको समय सवारी आवतजावत बन्द हुने गरेकोमा खोलामा बेलिब्रिज निर्माण भएपछि उत्तरी क्षेत्रका बासिन्दा खुसी भएका छन्।
सडक खन्न सुरु गरेको झण्डै चार दशकपछि निर्माण भएको यो पुलले उत्तरी क्षेत्रका नागरिकको जनजीवन फेरिने आशा पलाएको स्थानीयले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts