अवैध सालको चिरान काठ बरामद

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

-मन्जु मैनाली

हेटौंडा । मकवानपुर प्रहरीले २१७ किबि अवैध सालको चिरान काठ बरामद गरेको छ । गएराती बागमती गाउँपालिका-२ भुर्कुस टोलबाट टिपरमा लोड गरिरहेको अवस्थामा अवैध सालको चिरान काठ बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, गएराति भुर्कुस टोलबाट बा.५ ख ५४०० नम्बरको टिपरमा लोड गर्दै गरेको अवस्थामा १८७ पिस २१७।४२ क्यूफिट चिरान सालको काठ बरामद गरेको हो ।

ADVERTISEMENT

उक्त काठसहित ट्रिपर र ट्रिपर चालक जिल्ला मकवानपुरगढी गाउँपालिका-२ बस्ने २५ वर्षीय आईतसिङ मोक्तानलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मकवानपुरको बागमती गाउँपालिका-२ भुर्कुस टोल स्थित प्रहरी चौकी शिवराइगाँउबाट खटिएको गस्ती टोलीले नियन्त्रणमा लिएको हो।

टोलीले आइतबार बिहान आवश्यक अनुसन्धान तथा कारवाहिको लागि डिभिजन वन कार्यालय मकवानपुरलाई बुझाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *