-दुर्गाप्रसाद चौलागाईं
काठमाडौं । तराई विकास तथा संञ्चार केन्द्र नेपालद्धारा आयोजित रौतहटबाट सुरु भएको “जन्मदिनलाई सत्कर्मसंग जोडौँ” अभियान अन्तर्गत बालबालिकालाई अन्न, फलफूल वितरण कार्यक्रम सम्पन्न भएको छ ।
नुवाकोट जिल्लाको पन्चकन्या गाउँपालिका वडा नम्बर एक अन्तर्गत पर्ने सिमरा कल्छेको सत्यनारायण मन्दिर परिसरको प्राङ्गणमा नुवाकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीको प्रमुख आतिथ्यतामा मन्दिरमा रहेका आश्रित बालबालिकालाई खाद्यान्न, फलफूल वितरणका साथै बृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको थियो ।
उक्त अभियानको कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारीले यस अभियानमा सहभागी हुने अवसर प्राप्त भएकोप्रति खुसी ब्यक्त गर्नुभयो ।
नेपालीहरुले आ–आफ्नो जन्मदिनमा एक–एक बिरुवा रोप्नु पर्ने सन्देश समाजमा फैलाउनु सार्हैनै सकारात्मक कुरा हो। बिरुवा रोपेर मात्र नहुने यसको संरक्षण पनि गरिनु त्यतिनै आवस्यकता रहेको बताउनु भयो।
अबको नेपाली समाजलाई सभ्यता अनुसार अगाडी बढाउन सत्कर्म आवश्यक रहेको बताउनु हुँदै आयोजक संस्थाका अध्यक्ष तथा अभियानका संयोजक गोविन्द चौलागाईप्रति आभार प्रकट गर्दे यो अभियानलाई देशका सम्पुर्ण भागमा पुर्याउनु पर्ने पनि उहाँले बताउनु भयो।
अभियानका संयोजक तथा कार्यक्रमका अध्यक्ष तराई विकास तथा संञ्चार केन्द्र नेपालका अध्यक्ष गोविन्द प्रसाद चौलागाईंले कार्यक्रममा सहभागी सबैले आ–आफ्नो जन्मदिन सम्झिएर विभिन्न जातका विरुवाको रोपण गरिनुको साथै मन्दिरमा रहेका आश्रित बालबालिकाका लागि अन्न, फलफूल बितरण गरिएको बताउनु भयो।
उहाँले यस अभियानलाई बिश्वभर फैलाउन हरेक संघसंस्थाका कर्मचारी, पत्रकार तथा समाजका अगुवा सबैजनाले आ–आफ्नो क्षेत्रबाट अगाडी लागि पर्न आग्रह गर्नुभयो ।

अध्यक्ष चौलागाईले जन्मदिनलाई सत्कर्मसँग जोडेर परिबेश अनुसार फरक-फरक कार्यक्रमहरु गरेर यो अभियानलाई अगाडी बढाउने बताउँदै भन्नुभयाे, “यो नेपालकै नौलो अभियान हो । यो अभियान एउटा बृक्षारोपणसंग मात्र सम्बन्धित नभएर हरेक क्षेत्रहरुसंग सम्बन्धित रहेको छ । खासगरी बेसाहराको साहार बन्ने हिसाबले हामी यो अभियान अन्तर्गत अगाडी बढिरहेका छौँ । आम नेपाली नागरीकको सहयोगी भावनालाई उजार गर्नका निम्ती हामीले यो अभियानको आयोजना गरेका छौँ । हामीले आफ्नो संस्कार र सभ्यताको परिचय दिन आफैबाट सुरुवात गर्नुपर्ने हो ।"
कुनैपनि ब्यक्तिले कुनै ब्यक्तिको कामको आलोचना नगरी नतिजा दिने गरी काम गर्न आग्रह गर्नुभयो । नेपालको नौलो तथा पहिलो यो अभियानमा कुनै ब्यक्ति तथा संस्थाबाट कुनै प्रकारको आर्थिक सहयोग नमागेको र नलिएको पनि उहाँले बताउनु भयो।
जन्मदिनलाई सत्कर्मसंग जोडेर बिदेशी नागरीकले पनि यहाँकोे सिको गर्न सक्ने खालको सकारात्मक नतिजा दिन हरेक ब्यक्तिले आ–आफ्नो तर्फबाट यो अभियानसंग जोडिएर लागिपर्न पनि आयोजक संस्थाका अध्यक्ष तथा संयोजक चौलागाईले अनुरोध गर्नुभयो ।

कार्यक्रममा पन्चकन्या गाउँपालिका वडा नम्बर एकका वडाअध्यक्ष माहानन्द ढकालले वर्तमान समाजमा भईरहेका नकारात्मक क्रियाकलापहरुलाई हटाउदै सभ्य समाज निर्माण गर्न जन्मदिनको अवसरमा सत्कर्मको थालनी गरिनुपर्ने बताउनु भयो । उहाँले यो अभियान निकै स्वागत योग्य रहेकोछ भन्दै आयोजकप्रती कृतज्ञता प्रकट गर्नुभयो। यहाँ रोपिएका बिरुवाले मुर्तरुप लिने बताउदै जनप्रतिनिधिको हैसियतले आफ्नो तर्फबाट बिरुवा संरक्षणका निमित्त गरिनुपर्ने उपायमा कुनै कमि नरहने पनि बताउनु भयो।
यसैगरी नुवाकोट डिभिजन बन कार्यलयका बन अधिकृत रोशना पोख्रेलले कार्यक्रममा सहभागी भएर आफुले यो अभियानसंग जोडिएर आफ्नो तर्फबाट बिरुवा रोपण गर्न पाउदा ज्यादै हर्षित भएको बताउनु हुँदै बिरुवा कसरी रोप्ने र यस्को संरक्षण कसरी गर्न सकिन्छ भन्ने बारेपनी जानकारी गराउनु भएको थियो।
यसैगरी कार्यक्रममा नुवाकोट जिल्लाका समाजसेवी तथा भरत लामिछाने स्मृति प्रतिस्ठानका अध्यक्ष केपि लामिछानेले आफू समाजसेवी भएका कारणले आजसम्म विभिन्न कार्यक्रममा उपस्तिथि भएर सहयोग गर्दै आएपनी आजको यो कार्यक्रम नितान्त आफुले सोचेको भन्दा पनि निकै फरक र समाजका निमित्त अपरिहार्य रहेको बताउनु भयो ।
आफ्ना महत्त्वपूर्ण कार्यक्रमहरुलाई थाती राख्दै यस कार्यक्रमलाई महत्वपूर्ण ठानि सहभागी हुन आएको बताउनु भयो। उहाँले एकपटक मरेर जाने चोलामा सम्पुर्णले सधैं सत्कर्म गर्नुपर्ने पनि बताउनु भयो । कार्यक्रमलाई समर्थन गर्दै उहाँले यसका लागि आफुले सधैँ समाजमा रहेर समाजलाई परेको बेला सहयोग गर्दै आइरहेको र आजपनि यस मन्दिरमा आश्रय लिएर बसेका बालबालिका लागि आफ्ना तर्फबाट स्कुले ब्याग बितरण गरिने र आफ्नो नीजि हस्पिटल पनि रहेकोले स्वास्थ्य सेवाको लागि पनि निशुल्क सेवा दिने बताउनु भयो।
कार्यक्रममा अतिथिका रुपमा रहनुभएका नुवाकोट जिल्लाका सशस्त्र प्रहरी कार्यलय प्रमुख जगन्नाथ खड्काले स्वस्फूर्त रुपमा आफ्नो तर्फबाट मन्दिरमा आश्रय लियर बसेका बालबालिका लागि रु पाँच हजार पाँच सय पचपन्न सहयोग गर्नुभएको थियो।

कार्यक्रममा अतिथिहरु नुवाकोट जिल्लाका बरिष्ठ प्रहरी उपरीक्षक शान्तिराम कोइराला, नुवाकोट जिल्लाका राष्ट्रिय अनुसन्धान प्रमुख लक्ष्मी पौडेल, पन्चकन्या गाउँपालिका वडानम्बर २ का पुर्व वडाअध्यक्ष धुर्व प्रसाद मिश्र, सत्यनारायण मन्दिरका अध्यक्ष तथा संचालक श्री १००८ राम प्रपन्न आचार्य जियर,सत्यनारायण मन्दिरका जग्गादाता दुर्गादेबी पान्डे, समाजसेवी पवन अग्रवाल, पत्रकार हेमराज जोशी ,श्रीइन्द्रायनि मावि विव्यसका अध्यक्ष उत्तम पाठक , मनोज थापा,नारायण प्रसाद कडेल,एलिजा लामिछाने लागायतको उपस्थिति रहेको थियो।
आजको कार्यक्रमको संचालन दुर्गाप्रसाद चौलागाईंले गर्नुभएको थियो।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts