सानो, मझौलो र बृहत्तम तीन रूपका कवितामध्ये खण्डकाव्य बीचको अर्थात् फुटकरभन्दा लामो र महाकाव्यभन्दा लघुु कायाको सिर्जना हो । खण्डकाव्यको निर्माण सर्गहरूमा पनि हुन्छन् र सर्गविहीन पनि हुनसक्छन् । मूलतः खण्डकाव्यलाई तात्विक रूपले हेर्दा एउटै कथावस्तुु सीमित चरित्र, लयात्मकता, परिवेश र भाषाशैली आदि हुन् । खण्डकाव्य जीवनजगत्को एक पाटोमा शृङ्खलाबद्ध एकान्विति भएको प्रबन्धकाव्य हो भनिन्छ । यो गद्यात्मक वा पद्यात्मक दुुवै प्रकारका हुनसक्छन् । अलङ्कार, प्रतीक र भावको सङ्गमले खण्डकाव्य अझ जीवन्त बन्दछ ।
नेपाली खण्डकाव्यको इतिहासमा विसं १८३९ मा दैवज्ञकेशरी अर्याल (धादिङ सुनखानी गाउँका)बाट रचित ‘अश्वशुुभाशुुभ परीक्षा’ नै नेपालीमा लेखिएको पहिलो खण्डकाव्य हो भन्ने कुरा शोधकहरूको ठम्याइ छ । हालसम्म नेपालीमा २००० दुुई हजारभन्दा बढी खण्डकाव्य (छोटा र केही लामा) विविध शैलीमा लेखिए पनि गुणात्मक दृष्टिले यसको संख्या न्यून भेट्टाइन्छ । वास्तवमा गीत मगजको उब्जनी नभएर हृदयको सहज सिर्जना हो । डा.रामकुमार बर्माको भनाइमा, ‘आत्माभिव्यक्ति, वैचारिक एकरूपता, संगीतात्मकता र सूूत्रात्मकता गीतका अनिवार्य पक्ष हुन्’ । यही मान्यता र धरातल टेकेर खण्डकाव्यकार सुुभाषले आफ्नो गीतियात्रालाई अगाडि बढाएका छन् ।
युुद्धले कलङ्ककारी बनाएको नर चोलाको असार्थक घृणित जीवनचर्या यस खण्डकाव्यको मूूल कथावस्तुु र पात्र स्वयम् प्रथम पुरुष बनेर मनोवादात्मक धारामार्फत पृथ्वीमा शान्तिको ईप्सा जाहेर गरेका छन् । स्रष्टा तमाम मानव समुुदायलाई सचेत बनाउँदै गीतिलहरहरूमा बोल्छन् ।
२०२८ मंसिर ३ गते धादिङ नीलकण्ठ-७ नेवारपानीमा स्व.दुुर्गादेवी अधिकारी र पद्मनाथ अधिकारीका कान्छा छोराको रूपमा आँखा खोलेका डा.सुुभाषचन्द्र अधिकारीको प्रकाशित कृति ‘युुद्धपीडा’ खण्डकाव्य आजको चर्चाको केन्द्रीय विषय बनाइएको छ । यसअघि उनले ‘न्यायको युद्ध’ र ‘घाइते मुटुु’ जस्ता दुुई (कथासङ्ग्रह) प्रकाशन गरेर नेपाली आख्यान साहित्यमा पृथक् पहिचान दिइसकेका छन् । पछिल्लो तेस्रो पद्यात्मक गीतिलयमा आधारित खण्डकाव्य २०७७ असौजमा मुुद्रित छ सय उन्नाइस श्लोकमा आबद्ध लगभग आठ हजारभन्दा बढी शब्दहरूमा रचिएको सरल र सहज काव्यकृति हो । उनका प्रकाशोन्मुुख कृतिहरू ‘जलिरहेको मन र अलपत्र जिन्दगी’ दुुईवटा कथासङ्ग्रह हुन् भने ‘भत्किएको घर’ सामाजिक उपन्यास हो । त्यस्तै ‘राष्ट्रप्रेम’ निबन्धसङ्ग्रह, ‘डेनमार्कयात्रा’ नियात्रासङ्ग्रह र ‘खोलाझैँ बगिजाने जिन्दगी’ गीतसङ्ग्रह छिट्टै प्रकाशनमा आउँदै छन् ।
अब लागौँ युद्धपीडा खण्डकाव्यको सङ्क्षिप्त चर्चामा : थालनीमा खण्डकाव्यले सम्पूूर्ण पाठकवृन्दमा युुद्धका कथा भन्न ‘समर्पण’ शीर्षकमार्फत चौधवटा गीतिश्लोकमा युुद्धपीडाको वीभत्सतालाई विरेचन गर्न सङ्केतात्मक रूपमा केन्द्रित छ । खण्डकाव्यकार अधिकारी मुनामदनकै लय पछ्याएर सबाइ शैलीमा पहिलो गीत यसरी बोल्दछन् :
हे मेरा ! प्यारा हे मेरा सारा ! यो विश्वभूूमिमा
युद्धकै कथा म भन्छु आज हजुरको सामुुमा ।
यही समर्पमणको अन्तिमको चौधौँ लहरमा डा.अधिकारी विश्वभरिका बाआमा र बन्धुुबान्धवहरूलाई युद्धको पीडा बताउने प्रण गरेका छन् र शान्ति, सद्भावको फूल फुलोस् भन्ने अन्तर आसय प्रकट पनि छ । जस्तै :
हे बुुबा आमा ! हे दाजुुबैनी हजुरको माथमा ।
युुद्धको पीडा म भन्दै जान्छुु हजुरको साथमा ।।
त्यसपछि धराधामका तमाम मान्छेहरूलाई सम्बोधन गर्दै पन्ध्रौँ श्लोकदेखि छ सय उन्नाइस श्लोकसम्म कतै पनि विश्राम नलिई सररर समरजनित कराल काल बनेको लडाइँले मानवताको संहार गरेर दया, माया, करुणा, प्रेम, आदर, सम्मान तथा मानवीय आचारमाथि गरिएको संहारकारी तुुच्छ व्यवहारको नीचतम कुुकर्मलाई सपाट उभ्याएका छन् । युुद्धले कलङ्ककारी बनाएको नर चोलाको असार्थक घृणित जीवनचर्या यस खण्डकाव्यको मूूल कथावस्तुु र पात्र स्वयम् प्रथम पुरुष बनेर मनोवादात्मक धारामार्फत पृथ्वीमा शान्तिको ईप्सा जाहेर गरेका छन् । स्रष्टा तमाम मानव समुुदायलाई सचेत बनाउँदै तलका गीतिलहरहरूमा यसरी बोल्छन् :
हे मान्छे तिमी फर्केर हेर बारुदी सुरुङमा
पड्किन लाग्यो भयानक बनी धरा र सगरमा ।१५
ईश्वर तिम्ले रचेको मान्छे के मान्छे बनायौ
धर्तीका रत्न विनाश गर्न हे ईश्वर ! के गर्यौ ? १७
जे देखेँ मैले जे बुुझेँ मैले युुद्धको खेलमा
शस्त्रको होड चल्दैछ यहाँ रगतको भेलमा । १९
विद्यार्थी कालदेखि नै शालीन, अनुशासित, सह-अस्तित्ववादी यिनी ठूूलाबडाको निकृष्ट हेपचेपलाई सौम्य विद्रोही नजरमा हेर्दथे । रामायण र महाभारतकालीन युुद्धको कथा रुचिसाथ पढेका यिनी सनातन वैदिक संस्कृतिकै धरातलमा हुुर्किएका हुँदा ईश्वरलाई सम्झेर वर्तमान समयमा पेचिला प्रश्नहरू गर्न समर्थवान् बनेका हुन् यस खण्डकाव्यमा । विश्वको राजनीतिक रङ्गशालामा भौतिकरूपले विकसित भनिएका विगपावर र सुपरपावर हूूँ भन्ने केही खेलाडीहरू देहशरू आज दम्भ, अभिमान, ईष्र्या, पाखण्ड र विद्वेषका राँका बालेर मानवतामाथि झोस्ने आततायी कुुकर्म गरिहेकोमा मानवीय मूूल्यको जगेर्ना हुनुुपर्नेमा जोडदार आवाज घन्काउँदा पनि कान सजक नबनाउने चर्तिकला देख्दा उनी स्तब्ध छन् । काव्यकलमका यी अन्तध्र्वनिलाई अरण्यरोदन बन्छ कि भनेर खबर्दारी गर्न उनी अक्षर ब्रहृमको सहारा लिन उद्यत छन् ।
इतिहासलाई शक्तिको माध्यबाट तोड्ने मोड्ने र गिजोल्ने कुकाम हिंसाले गरेको हुन्छ । अवनीको प्राकृत परिवेश, सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक र धार्मिक वातावरणलाई धूमिल बनाउनमा लयकारी युुद्धको ताण्डव नृत्य प्राणी जगत्का लागि अभिशाप हो भनेर निर्धक्कसित पोखिएका छन् अधिकारीका गीतिलहर बहर बनेर :
आकाशभरि नौलाख तारा देखिन छोड्दछन्
जहाँ हे¥यो त्यहीँ रकेट बम नौ फन्का मार्दछन् । २१
चन्द्रलोक हान्ने युद्धक विमान बनायो विश्वले
खरानी बन्छ यो सारा धर्ती एटम बमले । २३
काँ पुुग्यो आज मान्छेको धर्म तिनैको मानवता ?
के के न गर्छुु भन्छ त मान्छे सिध्याउँछ सभ्यता । ३९
प्राणी संसारको प्रबुुद्ध राजा भइटोपलेको मान्छे करोडौँ वर्षदेखिका ज्ञानविज्ञानद्वारा सिञ्चित र परिपालित सभ्यताका मुहानमा विषाक्त रसायन मिसाएर हराभरा धराधामलाई छियाछिया पार्न आतुुर भएको देखी यसरी अन्तरहृदयका दुखेसो बमन गर्न पुुगेका छन् :
मानव तिमी मानव हुन अझै नि सकेनौ
हत्याको तस्विर निर्माण गरी विचित्र गर्दछौ । ८२
हतियार बोक्ने विमानहरू आकाशमा फैलिँदा
युद्धको त्रास पैmलेर जान्छ मिसाइल पड्किँदा । ८६
त्यसै भएर त हाम्रो सनातन वैदिक वाङ्मयले अनादिकालदेखि नै सर्वत्र शान्तिको आहृवानमा यस्ता ऋचाहरू आलेखमा बाँधे ‘ॐ द्यौः शान्तिरन्तरिक्षगुुँ शान्तिः पृथिवी शान्तिरापः शान्तिरोषधयः शान्ति, वनस्पतयः शान्तिर्विश्वेदेवाः शान्तिब्रहृमशान्तिः सा मा शान्तिरेधि.......’ । गौतम बुुद्धले चिन्तन र प्रयोगमा आफ्नो जीवनलाई अनुुवाद गरी यस्तो निष्कर्षमा पुुगे- ‘कुनै पनि प्राणीको जानीजानी हत्या गर्नु निन्दनीय कार्य हो, मानव जीवनको आदर्श शान्ति हो युुद्ध होइन’ । विश्वका तारा भनेर चिनिएका जिसस क्राइष्टले बोले : ‘युुद्ध विनाश हो भने शान्ति सुख र समृद्धिको राजपथ, त्यसैले जसले तरबार उठाउँछ त्यसको विनाश पनि तरवारद्वारा नै हुन्छ’ ।
विश्वमा प्रचलित जुनै पनि धर्म ताओ धर्म, इस्लाम धर्म, यहुदी धर्म, शिन्तो धर्म, पारसी धर्म, सबै शान्ति तथा प्राणी र प्रकृति जगत् बचाउनैमा उद्यत् छन् । तिनै धर्मग्रन्थमा सपथ लिएर कुपथमा हिँड्ने आसुुरी वृत्तिका तत्वहरू विश्वमा सल्बलाएको देख्दा सुुभाष चिन्तातुर भएका छन् ।
त्यस्तै चिनियाँ महान् दार्शनिक कन्फ्युुसियस यो अडानमा पुुगेर यस्तो सन्देश दिन्छन् : ‘ईश्वरले शान्तिको इच्छा गर्छन् युद्धको होइन, जुन व्यक्तिलाई बल प्रयोगद्वारा दमन गरिन्छ त्यसको मन सदा विद्रोही हुन्छ तर प्रेमद्वारा उसको मन जितेमा त्यो सदैव शुुभचिन्तक रहन्छ’ । विश्वमा प्रचलित जुनै पनि धर्म ताओ धर्म, इस्लाम धर्म, यहुदी धर्म, शिन्तो धर्म, पारसी धर्म, सबै शान्ति तथा प्राणी र प्रकृति जगत् बचाउनैमा उद्यत छन् । तिनै धर्मग्रन्थमा सपथ लिएर कुपथमा हिँड्ने नव संस्करणका हिरण्यकश्यपुु हिरण्याक्षलगायतका आसुुरी वृत्तिका ध्वंश तत्वहरू आज विश्वमा सल्बलाएको देख्दा सर्जक सुुभाष चिन्तातुर हुँदै यसरी छड्किएका छन् :
जैविक भनौँ रसायनिक भनौँ विषालुु स्वरूप ।
युद्धकै निम्ति प्रयोग गर्छन् बनाउँछन् कुुरूप । ३४६
स्टेगन कार्बन वा ब्रेनगन स्वचालित गराउने
पवित्र हुन्न योद्धाको मन सखाप गराउने । ३४७
त्यसैले त शान्त दान्त स्वभावको स्रष्टा मन आत्मविश्वासमा यसरी अभिव्यञ्जित हुन्छ :
हिंसाको बाटो लिएर हिँड्ने राक्षसको मनमा
पापको बाजा बज्दछ हरे ! घृणित तनमा । ३६४
दया नै रैछ संसार हाँक्ने त्यो मणि खोज्नलाई
मनको कुना कल्मष भए तोडिन्छ प्रभुलाई । ३७९
यस कृतिका भूमिकाकार डा.धर्मराज अधिकारीका शब्दमा : ‘काव्यकारको चिन्तन भौतिकवाद र अध्यात्मवादबीचको समन्वय हो, ज्ञान र विज्ञानलाई सँगै सन्तुलित रूपमा प्रयोग गरेर निस्कने परिणामलाई मानवहितको खातिर लगाउनुुपर्छ भन्ने रहेको छ । यद्यपि भौतिकवादको अधिक प्रयोगले निम्त्याएको वर्वरता सदा विनाशकारी एवं विध्वंशकारी रहृयो ।’
खण्डकाव्यकार अधिकारी अन्त्यमा यस्तो निचोडमा पुुगेका छन् । निर्मल हृदयले पस्किएका उनका काव्यध्वनि ध्वनित हुँदै गुुन्जन्छन् :
पृथिवीभरि अमृत वर्षा गराउने ताराले
मानव जाति एक नै हुन्छन् भन्दछन् साराले । ६१३
बगैँचाभरि फुलेको फूल सुुगन्ध छर्नेछ ।
मनको बत्ती बलेको दिन सुुभाष भर्नेछ ।। ६१९
विगतदेखि वर्तमानसम्म चलेका धर्मयुुद्ध, (क्रुुसेड) राजनीतिक महत्वाकाङ्क्षाले उब्जाएका पहिलो र दोस्रो विश्वयुद्ध र हाल चलाइएका नरसंहारकारी सङ्ग्राम विभीषिकाहरू मानवतावादको मात्र नभएर सम्पूूर्ण प्राणी र स्वयं ब्रहृमाण्डीय पर्यावरणमाथिको चरम विनाशको उल्टो लीला हो । अभिमान, आडम्बर, शेखी, तुजुक र मपाईंवादको नशा नसा नसामा पुुर्याएर विश्व ध्वस्त पार्न लागेका पापाचारी बक्कासुुुर तथा अघासुर वृत्तिलाई समयमै ठेगान लगाउन नसके सृष्टिको अन्त्य निश्चित छ । यिनै सन्देशलाई मूूल कथ्य बनाएर सुुभाषचन्द्र वैचारिक सुवास संसारमा छर्दैछन् काव्यमार्फत । उनको भावी गीतलेखन अझ कलात्मक, शाब्दिक स्निग्धतामा हृदयस्र्शी बनोस् ! उनको लेखनकलामा अझ परिष्कार आओस् ! यही कामना गर्दै सुन्दर प्रयासलाई साधुवाद भन्न चाहन्छु र यो डुुबुुल्कीबाट बाहिर निस्कन्छुु । समाप्तम् ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts