हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिका १० सादिखोरियामा ट्याक्टरले किच्दा एकजनाको घटनास्थलमै मृत्यु भएको छ।
बुधबार मकवानपुर कैलाश गाउँपालिका १० पुरानोगाँउ बस्ने ३५ वर्षीय प्रदिप वाईवाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरीको अनुसार, भलटारदेखि पुरानो गाँउ तर्फ बिजुलीको पोल बोकी जादै गरेको बागमती प्रदेश -०३-००१ त ०४१९ नंको ट्याक्टरको पछाडी टेलरमा सवार वाइवाको सोही ट्याक्टरबाट लडी पछाडिको चक्काले किचिएर घटनास्थलमै मृत्यु भएको हो।
चालक मकवानपुर भिमफेदी गाउँपालिका ९ बागमारा बस्ने ३३ वर्षीय बिरमान स्याङतान प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ।
वाइवाको शव पोष्टमार्टमका लागि हेटौंडा अस्पताल पठाइएको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts