हेटौंडा । प्रहरीले अन्दाजी ३०० वटा जंगली चराहरू बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ। हेटौंडा-१५ स्थित रातोमाटे प्रहरीचौकीबाट खटिएको चेकिङ टोलीले उक्त चरा नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार , गाईघाटबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा.प्र.०३–००१ ख.१६८२ नम्बरको बसलाई चेकजाच गर्ने क्रममा बसको डिक्कीमा लुकाई छिपाई राखेको अन्दाजी ३०० वटा जंगली चराहरू बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको थियो ।
स्थानीय वन कार्यालयको कर्मचारीको रोवहरमा उक्त चरा जङ्गलमा छोडिएको जनाइएको छ ।
उक्त चरा कटेरो नामक रहेको भन्ने वन कार्यालयको कर्मचारी मार्फत खुलेको बताइएको छ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts