हेटौंडा । मकवानपुरको बकैयामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा बकैया गाउँपालिका ६ टिकुले टोल बस्ने ६ वर्षीय सन्दीप स्याङतान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरीको अनुसार, शनिबार दिउँसो बकैया खोलामा पौडी खेल्ने क्रममा डुबि घाईते भएका थिए। उपचारको लागी सामुदायिक प्रसुतिगृह अस्पताल निजगढ बारामा लगेकोमा उपचारको क्रममा स्याङतानको मृत्यु भएको हो।
शव पोष्टमाटमका लागि सामुदायिक प्रसुति गृहअस्पताल निजगढ बारामा राखिएको प्रहरीले प्रहरीले जानकारी दिएको छ।








Video News Post
Breaking News with Advertisements
Breaking news with related posts