इलाम । इलाम भन्ने बितिक्कै यतिबेला सबैको चासोको केन्द्रमा देखिएको छ । इलाम नाम नसुनेकाहरुलाई पनि इलाम चिन्ने मोका मिलेको छ यस पटक । जस्लाई प्रचारमा ल्याएको छ उपनिर्वाचनले । प्रतिनिधिसभा सदस्यका लागि आउँदो बैशाख १५ गते इलाम–२ मा उपनिर्वाचन हुँदै छ । सबै उम्मेदवार आआफ्नै एजेन्डा बोकेर मतदाताको घर दैलोमा पुगेर मतदाता रिजाउन व्यस्त देखिन्छन् ।
मत माग्ने तरिका बिगत भन्दा फरक केही छैन अनि मत फकाउने आश्वासन पनि उहि तर फरक यति छ अधिल्लो निर्वाचमा उमेद्धवारले गणितिय आधारमा आफ्नो मत यति हुन सक्छ भनेर आकलन गर्दथे त्यो भने यस पटकको निर्वाचनमा देखिएको छैन । यस पटक उमेद्धारले आफुले प्राप्त गर्नसक्ने मतको गणितीय आधार मान्ने अवस्था हराएको छ । अघिल्ला चुनावकाे गणित राम्रैसँग केलाउन सकिने भएपनि यो चुनावमा मतदाताको परिवर्तित मनलाई छाम्न सक्ने अवस्था देखिएको छैन । जसकारण गणीतिय हिसाव फेल खाने अवस्था आएको छ ।
पहिलो वा दोस्रो ठूलो दलले हैन, नयाँ दल नयाँ उम्मेद्धारले जित्ने नजिर देशका बिभिन्न ठाउँमा भएका निर्वाचनले देखाइसकेको छ । यसलै पनि यी सबै परिघटनालाई नजिक बाट केलाउने हो भने इलाममा कसले चुनाव जित्ला भनेर चर्चा गर्न २०७९ निर्वाचनको गणितीय अवस्थालाई आधार मान्न सकिन्न । तर पुरानो चुनावी अंकगणितलाई पूरै बिर्सन चाहिँ सकिँदैन । इलामको उपनिर्वाचन हुने क्षेत्र नम्बर दुईमा ६ पालिका र ४२ वडा रहेको छ । २०७९ को स्थानीय चुनावमा नेपाली कांग्रेसले सबैभन्दा बढी २२ वटा वडामा जित निकालेको थियो भने एमालेले १७ वडा जितेको थियो ।
माओवादी, जनमुक्ति र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (लिम्बुवान) ले एक– एक वटा वडाहरु जितेका थिए । यस्तै २०७९ को प्रतिनिधि सभा एमालेले काँग्रेसका डम्बर बहादुर खड्कालाई १ सय १४ को झिनो मतान्तरले पराजित गरेका थिए । उक्त चुनावमा काँग्रेस–माओबादी सहितको गठबन्धन थियो । एमाले एक्लै चुनावी मैदानमा थियो । तर अहिलेको उपचुनाव ठिक बिपरीत भएको छ । काँग्रेस एक्लै चुनावी मैदानमा रहँदा एमाले–माओबादी चुनावी गठबन्धन गरेर मैदानमा छन् । गठबन्धन नगरी चुनाव जितेको एमालेले अहिले केही राहत महसुस गरेपनि ढुक्क भने छैन । यता रास्वपा र पहिचानबादिको तर्फबाट स्वतन्त्रको उम्मेद्धारी पनि मैदानमा छन् ।
शिर्ष नेताहरु चुनावी अभियानमा सक्रिय
जिल्लामा उम्मेद्धारी दिएका विभिन्न राजनीतिक दलका उम्मेदवारलाई जिताउन माहोल बनाउन जिल्लामा दलका शिर्ष नेताहरुको ओइरो नै लाग्न थालेको छ । आ– आफ्ना दलका उम्मेदवारलाई हौसला दिनका लागि भन्दै दलका शिर्ष नेताहरु जिल्लामा आएर चुनावी अभियानमा सक्रिय बनिरहेका छन् ।
शिर्ष नेताहरु आउने जानेक्रम बढेसंगै मतदाता पनि उत्साहित भएका छन् । उपनिर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र रास्वपाबीच कडा प्रतिष्पर्धा हुने आँकलन गरीएको छ । जिल्लामा १ लाख १५ हजार ८८९ रहेको छ । यस्तै ७९ वटा मतदान स्थल र १४९ वटा मतदान केन्द्र रहेको छ ।
लारुम्बाको चर्चा सबैभन्दा बढी
जब चुनावको चर्चा सुरु हुन्छ, इलामको पश्चिमि धार्मिक स्थल लारुम्बाको चर्चा बढ्ने गरेको छ । चुनाव लागेपछि उम्मेद्धार र दलका नेता मतदाताकोमा भन्दा पहिला लारुम्बाको शक्तिपीठ अघिल्तिर लाम लागिहाल्छन् । को पहिला पुग्ने भन्ने होडबाजी नै चल्छ ।
किराँत धर्मावलम्बीको पवित्र धार्मिकस्थल लारुम्बा स्व सुबासचन्द्र नेम्बाङले पटक पटक निर्वाचन जितेको क्षेत्रमा पर्छ । उहाँ उम्मेद्धार बन्नसाथ सबैभन्दा पहिला धर्मगुरुको दर्शन भेट गर्न पुग्नुहुन्थ्यो । बिगतको चुनावमा होस् या अहिले आउँदै गरेको उपनिर्वाचनमा गुरुको दर्शन भेटमा केन्द्रिय स्तरकै नेताहरु दर्शन भेटमा पुगेका छन् । किराँत समुदायको बाक्लो बस्ती रहेको उक्त क्षेत्र भौगोलिक रूपले भने इलामको दुर्गम क्षेत्रमा पर्दछ ।







