मुगु । नेपाल पत्रकार महासंघ मुगु शाखाले विनोद सुमन कृयाशिल पत्रकारिता पुरस्कारको घोषणा गरेको छ ।
शाखाको बुधबार सम्पन्न ७ औ जिल्ला अधिबेशन तथा १३ औ साधारण सभामा संस्थापक अध्यक्ष विनोद कुमार मल्ल र शाखाका पूर्वअध्यक्ष स्वर्गीय सुमन मल्लको नामबाट यो पुरस्कारको घोषणा गरिएको हो ।
मुगु जिल्लामा कृयाशील पत्रकारहरु मध्येबाट समावेशीलाई आधार मान्दै शाखाको जिल्ला अधिवेशनको बेला २ जना पत्रकारलाई पुरस्कृत गरिने बताइएको छ ।
पुरस्कार रकम जुटाउन र पुरस्कृत पत्रकार छनोट गर्न शाखाले कार्यविधि बनाइ कार्य अगाडि बढाउनेछ । संकलित रकम अक्षयकोषमा जम्मा गरेर व्याजबाट पत्रकारलाई पुरस्कृत गरिने र यो कोष कम्तिमा ५ लाखको बनाइने लक्ष्य लिएको मुगु शाखाका अध्यक्ष नृपेन्द्रबहादुर मल्लले बताउनु भयो ।
उद्घाटन सत्रमा लामो समयदेखि पत्रकारिता गरि रहेका शाखामा आवद्ध ३ जना पत्रकार र शाखालाई विभिन्न समयमा आर्थिक,भौतिक तथा क्षमता विकासमा सहयोग गर्दै आएका ४ स्थानिय तह १ गैरसरकारी सस्थालाइ पनि सम्मानित गरिएको थियो ।
सम्मानित हुने पत्रकारहरुमा नयाँ पत्रीका राष्टिय दैनिकका जिल्ला समाचारदाता अच्युतराज भण्डारी, न्युज २४ मुगु समाचारदाता दानबहादुर बुढा र समाचारपत्र दैनिकका मुगु जिल्ला समाचारदाता वीरबहादुर बम रहेका छन् ।
स्थानिय तहहरुमा छायानाथ रारा नगरपालिका, खत्याड गाउपालिका, सोरु गाउँपालिका र मुगुम कार्मारोङ्ग गाउँपालिकालाई पनि पत्रकार महासंघ मुगु शाखाले सम्मानपत्र प्रदान गरेको थियो ।
गैर सरकारी संघ संस्थाहरु मध्येबाट हिमाली ग्रामिण युवा समाज विकास केन्द्र (हिरिसडेक) मुगुलाई सम्मानित गरिएको थियो ।
उद्घाटन सत्रको प्रमुख अतिथिमा समन्वय उपप्रमुख नैली कार्की,विशिष्ट अतिथिमा छायानाथ रारा नगरपालिका प्रमुख विष्णु कुमार भाम, विशेष अतिथिमा नेपाल पत्रकार महासङ्ग केन्द्रिय समितिका प्रतिनिधि विमल हमाल, सोरु गाउपलिका उपाध्यक्ष केशरजङ्ग शाही, सहायक प्रमुख जिल्ला अधिकारी हरि बहादुर खत्री र अतिथिहरुमा नेपाल निजामती कर्मचारी युनियन केन्द्रिय उपाध्यक्ष कृष्णबहादुर सेजुवाल, ट्रेड युनियन मुगु अध्यक्ष रेशम बहादुर रावल, जिल्ला स्थित सरकारी कार्यालयका प्रमुखहरु, शिक्षक महासंघ मुगुका अध्यक्ष विष्णुमाया भाम,गैरसरकारी महासङ्गका मुगु अध्यक्ष कर्णजङ्ग शाही, मुगु उधोग बाणिज्य सङ्गका अध्यक्ष कमल बहादुर बुढा, बौद्धिक व्यक्तित्व देवबहादुर मल्ल र नागरिक अगुवा रुपबहादुर मल्ल रहनु भएको थियो ।
उद्घाटन सत्रपछि शुरु भएको शाखाको बन्द सत्रमा सचिव जीवन सेजुवालले प्रस्तुत गर्नु भएको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष सुकमाया शाहीले पेश गर्नु भएको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गर्दै ५ बुँदे प्रस्तावका अन्य निर्णय पनि सर्वसम्मत पारित गरेको थियो ।
मुगु शाखाको ७ औँ जिल्ला अधिवेशन तथा १३ औ साधारण सभाको उद्घाटन र बन्द दुवै सत्र महासंघका केन्द्रिय प्रतिनिधि विमल हमालको रोहबरमा सम्पन्न भएको थियो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts